Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१६:१५ बिहान
- ADVERTISEMENT -

घर घरमा सामाजिक सुरक्षा भत्ता पु-याउन आग्रह

प्रकाशित मिति: २०७७ जेठ ७, बुधबार

2095
Shares

काठमाडौँ, ७ जेठ २०७७। बैङ्क मार्फत वितरण गरिँदैआएको सामाजिक सुरक्षा भत्ता कोरोना भाइरस (कोभिड-१९) को बन्दाबन्दीको समयमा घर घरमा नै पु¥याउन आग्रह गरिएको छ ।

बन्दाबन्दीले अशक्त, अपाङ्ग र ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता लिन बैङ्कसम्म जानसक्ने अवस्था नभएपछि घरमै पु¥याउन आग्रह गरिएको हो ।

ज्येष्ठ नागरिकका अगुवाले बन्दाबन्दीको समस्याले गर्दा सामाजिक सुरक्षा भत्ता घरघरमा पु¥याउने व्यवस्था गर्न स्थानीय सरकारलाई आग्रह गरेका हुन् । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष मदनदास श्रेष्ठले प्रत्येक स्थानीय तहले सामाजिक सुरक्षा भत्ता घरमा पुगेर वितरण गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

उहाँले बन्दाबन्दीले गर्दा सवारीसाधन चलेका छैनन् । सामाजिक सुरक्षा भत्ता लिने लाभग्राही बैङ्कसम्म पुग्न सक्ने अवस्था छैन । पुगिहाले पनि लाइनमा बसेर भत्ता लिन सक्दैनन् । स्थानीय तहका जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ता घरमै पु¥याउने व्यवस्था गर्नुपर्छ भन्नुभयो ।

सरकारले निम्न आय भएका ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता व्यक्ति लगायत नागरिक र सामाजिक सुरक्षा भत्ता प्राप्त नगर्ने ६० वर्षदेखि ६९ वर्षका ज्येष्ठ नागरिकलाई मासिक चार हजार रुपियाँका दरले बन्दाबन्दीको समयमा राहत प्याकेज प्रदान गर्न सरकारको ध्यानाकर्षण गराइएको श्रेष्ठले बताउनुभयो ।

सरकारले प्रत्येक चौमासिक रूपमा सामाजिक सुरक्षा भत्ताको रकम स्थानीय तहको खातामा पठाउने गरेको छ । सम्बन्धित स्थानीय तहको सिफारिसमा बैङ्कले सामाजिक सुरक्षा भत्ता वितरण गर्दैआएका छन् । बैङ्क नपुगेका स्थानीय तहमा भने सम्बन्धित वडा कार्यालय मार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुँदै आएको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

घर घरमा नै पु¥याउँछौँ

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका उपाध्यक्ष एवं झापाको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले स्थानीय तहले सामाजिक सुरक्षा भत्ताको रकम बैङ्कमा पठाइसकेकाले पुनः बैङ्क मार्फत रकम लिएर घरमा पु¥याउन समस्या हुने बताउनुभयो ।

अति अशक्त र पूर्ण अपाङ्गता भएका नागरिकलाई भने कतिपय स्थानीय तहले यस अघिदेखि नै घरमा सामाजिक सुरक्षाा भत्ता वितरण गर्दैआएका छन् । काफ्लेले हामी सामाजिक सुरक्षा भत्ता घरमा पु¥याउन तयार छौँ तर सङ्घीय सरकारले बैङ्कसँग समन्वय गरी पुनः स्थानीय तहकै खातामा पैसा पठाउन निर्देशित गर्नुपर्छ भन्नुभयो ।

विभागका अनुसार सरकारले सामाजिक सुरक्षा भत्ता पाउने नागरिकमा ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले मासिक तीन हजार रुपियाँ, ६० वर्ष उमेर पुगेका दलित र कर्णालीका ज्येष्ठ नागरिकलाई मासिक दुई हजार रुपियाँ प्रदान गर्दैआएको छ ।

त्यसैगरी, एकल र विधवालाई दुई÷दुई हजार, पूर्ण अशक्त अपाङ्गलाई तीन हजार, अति अशक्त अपाङ्गलाई एक हजार छ सय, लोपोन्मुख आदिवासी जनजातिलाई तीन हजार, कर्णालीका र दलित बालबालिकालाई चार सय रुपियाँ भत्ता दिइँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -