- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

‘कागजी नक्सामा हर्ष बढाई गर्नुको अर्थ छैन’

May 19, 2020
769
Shares
- ADVERTISEMENT -

काठमाडौं, मंगलबार, ६ जेठ २०७७ । नेपाली काङ्ग्रेसका नेता सुरेन्द्र पाण्डेले सीमाका विषयलाई हल्का रुपमा नलिन आग्रह गर्नु भएको छ ।

सडक र संसदको चौतर्फी विरोधपछि सोमबार लिम्पियाधुरासहितको नयाँ नक्सा स्वीकृत गर्ने सरकारको निर्णयलाई कतिपयले ऐतिहासिक भएको दावी गरिरहेका बेला काङ्ग्रेस नेता पाण्डेले भने कागजी नक्सालाई लिएर खुसी हुनुको अर्थ नरहेको टिप्पणी गर्नु भयो । साथै, उहाले सीमाजस्तो गम्भीर विषयमा हल्काफुल्का रूपमा मात्र प्रस्तुत नहुन समेत आग्रह गर्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

‘काठमाण्डौबाट नक्सा जारी गर्दैमा अतिक्रमित जमिन आफ्नो हुने भए किन कालापानी, लिपुलेक र लिम्पियाधुरा मात्र समेट्ने ? सुघौली सन्धी पश्चात गुमाएको सबै भुभाग समेटेर नक्सा प्रकाशन गरे पनि भई हाल्यो नि !,’ ‘तर सवाल हामीले काठमाण्डौमा जारी गरेको कागजी नक्सा होइन, हाम्रो जमिन हो’ भन्नुभयो ।

नेता पाण्डेले नक्सा जारी हुदैमा नेपाली भुमीमा रहेका भारतीय सेना फर्किन्छन त भनेर प्रश्न गर्नुभयो । ‘के यो नक्सा मानेर भारतले नेपालले नक्सा छाप्यो अब यी भूमी नेपाल कै भयो भनि सेना हटाऊँछ त ? उसले खनेको वाटोमा हाम्रो अनुमति विना गाडी गुडाउन छोड्छ त ?’, उहाको प्रश्न थियो ?

- ADVERTISEMENT -

Advertisement

काङ्ग्रेसका तर्फबाट राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहिसकेका पाण्डेले नक्सामा सीमित नभई व्यवहारमा नेपाली भुमि फिर्ता हुनुपर्नेमा जोड दिनुभयो । ‘जब सम्म नेपालले आफ्नो भूमीको व्यवहारमा उपभोग गर्न पाउदैन तब सम्म हर्ष बढाई गर्न जरूरी छैन । सबैमा चेतना होस्’ भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com