- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कोरोनाले आमा गुमाएका शिशुको कोरोना रिपोर्ट नेगेटिभ

May 18, 2020
598
Shares
- ADVERTISEMENT -

काठमाडौं, ५ जेठ २०७७ । कोरोना भाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाका १३ दिने शिशुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । शिशुसहित परिवारका चार जना सदस्यको कोरोना नभएको पुष्टि भएको हो ।

धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारका अनुसार पिसिआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएपछि शिशुसहित सबैलाई जिल्लाको क्वारेन्टाइनमा पठाउने तयारी गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

सिन्धुपाल्चोको बाह्रविसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय ती सुत्केरी महिलाको मृत्युपछि कोरोना भएको पुष्टि भएको थियो । उनले गत बैशाख २४ गते काठमाडौंको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com