गोरखा, ५ जेठ २०७७। काठमाण्डौँ स्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचार गराएर गाउँ फर्किएका भिमसेन थापा गाउँपालिका ८ का चार जनालाई क्वारेन्टाईनमा राखिएको छ ।
केहीदिन अघि त्रिवि शिक्षण अस्पतालमा प्रशुती भएकि महिलाको कोरोना भाईरसको कारण मृत्यू भएपछि गाउँमा त्रास बढ्ने भएकाले सुरक्षाका लागि क्वारेन्टाईनमा राखिएको हो । बिरामी र कुरुवा सहित उहाहरुलाई आइतबार साँझदेखि जागेश्वर माविको क्वारेन्टाईनमा राखिएको वडा अध्यक्ष बासु थापाले बताउनु भयो।
निमोनिया भएर उपचार गराउन गएका उनीहरु एक सातापछि घर फर्केका वडा सदस्य एवं कार्यपालिका सदस्य सरिता भट्टले बताउनु भयो।









































