- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

विश्वास छ आफै प्रति.

May 17, 2020
1121
Shares
- ADVERTISEMENT -

रोशनी गुरुङ

तिमी समय जितेको मान्छे हौ
विध्वंस युद्ध जितेको मान्छे हौ
यो महामारी के हो र तिम्रो लागि ?
तिमी आफूलाई जितेको मान्छे हौ।

- ADVERTISEMENT -

Advertisement

मलाई विश्वास छ तिमीप्रति

तिमीलाई विश्वास छ आफैप्रति
समयको चक्रसँगै आउने
मान्छेको जीवनका
सुख दुःखका चक्रहरु
कहिले उल्टो घुम्छन्
त कहिले सुल्टो घुम्छन् ।

फेरि पनि मलाई विश्वास छ
तिमी यी चक्रहरुसँग आफै जेलिएर
फनफनी घुम्ने छैनौ।

- ADVERTISEMENT -

Advertisement

किनकि
तिमी जिन्दगी जितेको मान्छे हौ

साहुको ऋणलाई
परिश्रमले जितेको मान्छे हौ
छोराछोरीको भोको पेटलाई
आफ्नो आधा पेटले जितेको मान्छे हौ।

अनि
श्रीमतीको आँसुलाई आफ्नो
मेहेनतको पसिनाले जितेको मान्छे हौ।

तिमी जितेर पनि हारेको मान्छे हौ
र हारेर पनि जितेको मान्छे हौ।

त्यसैले तिमीले जिउन जानेका छौ
दुःखको घाउ सिउन जानेका छौ
आफनो भाग्य आफै कोर्न जानेका छौ।

२०७७ साल जेठ ४ गते आइतबार ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com