Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:०७:१२ दिउँसो
- ADVERTISEMENT -

पशुपतिनाथ मन्दिर क्षेत्रमा किरियापुत्री भवन र विद्युतीय शवदाह गृह बन्द

प्रकाशित मिति: २०७७ जेठ ४, आइतबार

873
Shares

काठमाडौं, ४ जेठ २०७७। कोरोना भाइरस संक्रमणको जोखिमसँगै पशुपतिनाथ मन्दिर क्षेत्रमा किरियापुत्री भवन र विद्युतीय शवदाह गृह बन्द भएको छ । कोरोनाबाट पहिलो संक्रमित सिन्धुपाल्चोककी महिलाको शनिबार राती विद्युतीय शवदाहगृहमा अन्त्येष्टी गरिएको थियो । त्यसपछि मेसिनलाई पूर्ण स्यानिटाइज गर्ने क्रममा प्राविधिक समस्या आएका कारण विद्युतीय शवदाह गृह बन्द भएको पशुपति क्षेत्र विकास कोषका कार्यंकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

‘कोरोना संक्रमितको अन्त्येष्टिपछि पूर्ण स्यानिटाइज गरेपछि विद्युतीय शवदाह गृहलाई पूर्ण स्यानिटाइज गर्नुपर्छ,’ उनले भने, ‘सोही क्रममा केही प्राविधिक समस्या आएपछि बन्द भएको हो ।’ उनका अनुसार इन्जिनियरहरुले यसको मर्मतपछि एक/दुई दिनमै सञ्चालन गरिने उनको भनाइ छ ।

यता, किरियापुत्री भवन भने तत्कालका लागि बन्द गरिएको छ । अहिले किरियामा बसिरहेका मानिसहरुबाहेक नयाँ किरिया पशिुपतिमा नबस्ने गरी बन्द गरिएको उनले जानकारी दिए ।

किरियापुत्री भवनका सम्पूर्ण कोठाहरु केही समय खाली राखेर भाइरसरहित बनाउनु पर्ने भएका कारण केही दिन नयाँ किरियापुत्रीलाई पशुपतिमा बस्न रोक लगाइएको हो ।

‘नियमित प्रयोगमा रहेका कोठाहरु आइसोलेसन गर्नुपर्छ,’उनले भने,’सोहीकारण पूर्णतया सरसफाई गरी कोठाहरु राखी राख्नका लागि नयाँ किरियात्रीलाई तत्काल पशुपतिमा नराख्ने निर्णय भएको हो ।’

कोरोना भाइरसको संक्रमण फैलन नदिन र फैलने जोखिम न्यूनिकरणका लागि समेत यसो गर्नुपरेको उनको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -