- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कोरोनाबाट आमा गुमाएका १२ दिने शिशुको स्वाब निकालियो, परिवारका सबै आइसोलेसनमा

May 17, 2020
540
Shares
- ADVERTISEMENT -

काठमाडौँ, ४ जेठ २०७७। कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको १२ दिने शिशुको कोरोना जाँचका लागि स्वाब निकालिएको छ ।

कोरोनाका कारण सिन्धुपाल्चोकको बाह्रविसे–९, राम्चेकी सुत्केरी महिलाको बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

उनको मृत्यु पश्चात १२ दिने शिशुसहित परिवारका चार जना सदस्यलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ ।

परिवारका बाँकी तीन जना सदस्यमा मृतककी श्रीमान, आमा र बहिनी छन् ।

- ADVERTISEMENT -

Advertisement

उनीहरू सबैको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको छ । चारै जनाको भोलिसम्म नतिजा आउँने अस्पतालले जनाएको छ ।

नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो।

गत वैशाख २३ गते डेलिभरीको लागी भर्ना भएकी ती महिलाले काठमाडौंको टिचिङ अस्पतालमा २४ गते शिशुलाई जन्म दिएकी थिइन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com