- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी कोरोना भाइरसको संक्रमणको कारण मृत्यु

May 16, 2020
841
Shares
- ADVERTISEMENT -

काठमाडौं, ३ जेठ २०७७ । धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै सुत्केरीको मृत्यु कोरोना भाइरसको संक्रमणका कारण भएको जानकारी दिएको हो ।

उनी नेपालमा कोरोना भाइरसको कारण मृत्यु हुने पहिलो व्यक्ती हुन् । हालसम्म नेपालमा २७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये ३६ जना उपचारपछि निको भइसकेको छ भने मृत्यु भने पहिलो हो ।

- ADVERTISEMENT -

Advertisement

सिन्धुपाल्चोक बाह्रिबिसेको २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको हो। उनको आजै पशुपतिस्थित विधुतिय शवदाह गृहमा अन्तेष्टि गरिने भएको छ । उनको ‘कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि-२०७६’ अनुसार नै अन्तेष्टि हुने मन्त्रालयले जनाएको छ ।

८ दिनअघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी डिस्चार्ज भएपछि सिन्धुपाल्चोक बाह्रबिसे गएकी थिइन् । तर श्वासप्रस्वासमा समस्या भएपछि उनलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियो ।

- ADVERTISEMENT -

Advertisement

अस्पतालमा उनलाई आवश्यक उपचार प्रक्रिया अगाडि बढाइएको थियो। भेन्टिलेटरमा राख्ने तयारी भइरहेको समयमा उनको मृत्यु भएको बताइएको छ ।

अस्पतालमा उनको स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि अस्पतालले उनको स्वाबको थप परीक्षणका लागि टेकु पठाइएको थियो। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि उनमा कोरोना पोजेटिभ देखिएको छ ।

कोरोना पोजेटिभ सुत्केरीको मृत्यु भएपछि धुलिखेल अस्पतालका डाक्टर, नर्स तथा कर्मचारीको नमूना संकलन गरी परीक्षणको काम भइरहेको छ ।

बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशिला पाख्रिनका अनुसार ती महिला सिन्धुपाल्चोक राम्चेकी हुन् । उनी २५ गते एम्बुलेन्समा गाउँ फर्केकी थिइन् । उनलाई जेठ १ गते श्वास फेर्न असहज भएको थियो । श्वासप्रस्वासमा समस्या आएपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रिबसे लगिएको थियो। केन्द्रले उनलाई धुलिखेल अस्पताल रेफर गरेको थियो ।

कोरोना संक्रमणका कारण उनको मृत्यु भएपछि नगरपालिकाले उनको गाउँ र स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी तथा उनको सम्पर्कमा आएकाहरुको खोजी गरिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com