- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

मृतक महिलामा कोरोनाको पुष्टि, मृत्युको कारण भने पोष्टमार्टमपछि मात्र खुल्ने : स्वास्थ्य मन्त्रालय

May 16, 2020
1062
Shares
- ADVERTISEMENT -

काठमाडौं, ३ जेठ २०७७ । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले मृतक महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ । बाह्रबिसे नगरपालिका–९ घर भएकी २९ वर्षीया ति महिलामा कोरोना पोजेटिभ देखिएपनि मृत्यु के कारणले भएको भनेर खुल्न सकेको छैन । उहाले मृत्युको कारण कोरोना संक्रमण नै हो कि होइन भन्ने पोस्टमार्टमपछि मात्र खुल्ने बताउनु भयो ।

त्यसका लागि मन्त्रालयबाट चिकित्सकको टोली धुलिखेल पठाइएको जानकारी दिनुभयो । कोरोना संक्रमितको उपचारका लागि तोकिएको धुलिखेल अस्पतालमा नै उनको शव राखिएको छ ।

- ADVERTISEMENT -

Advertisement

उनी ९ दिने सुत्केरी महिला हुन् । काठमाडौं त्रिवि शिक्षण अस्पतालमा बच्चा जन्माएपछि उनि २४ गते घर फर्किइएकी थिइन् । उनिसँग सम्पर्कमा आएकाहरुको पहिचान गर्ने काम शुरु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com