- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

एक साताभित्र तीन उडान भर्ने

May 16, 2020
571
Shares
- ADVERTISEMENT -

काठमाडौँ, ३ जेठ २०७७ । नेपाल वायुसेवा निगमले नेपालमा रोकिएका जापानी नागरिक र बिदामा नेपाल आएका नेपाली कामदार तथा विद्यार्थीलाई जापान लैजान एक साताभित्र तीन उडान भर्ने जनाएको छ । लकडाउनका कारण नेपालमै अलपत्र परेका दुई सय ५० यात्रुको चार्टर्ड उडानमार्फत शुक्रबार उद्धार हुने निगम स्रोतले जानकारी दिएको छ । अन्य दुई चार्टर्ड उडान भने जेठ ४ र ९ गते हुनेछन् ।

नेपाली सयम अनुसार शुक्रबार राति ९ बजे उडान तालिका रहेको निगमको उक्त जहाज जापानको नारिताबाट फर्किंदा भने खालि नै आउने छ ।

- ADVERTISEMENT -

Advertisement

निगम स्रोतका अनुसार जापान उडानका तीनवटै उडान चार्टर्ड न्युरोडमा रहेको सुमेघ टुर एन्ड ट्राभल्स प्रालिले गरेको हो । टिकट बिक्रीको समेत जिम्मा पाएको सुमेधले उडानमा लाग्ने समय अनुसार प्रतिघन्टाको हिसाबले निगमलाई पैसा बुझाउनेछ ।

निगमको वाणिज्य सम्बद्ध एक अधिकारीका अनुसार सुमेधले प्रतिघन्टाको १७ हजार दुई सय ८० डलरका दरले निगमलाई उडान शुल्क तिर्ने सहमति भएको जनाइएको छ । गत फागुन १९ गतेदेखि सोही गन्तव्यमा सिधा उडान भर्दै आएको निगमले चैत २८ मा पनि चार्टर्ड उडान भरेको थियो । शुक्रबारको उडान नारितामा निगमको दोस्रो चार्टर्ड उडान हो ।

- ADVERTISEMENT -

Advertisement

शुक्रबार बसेको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाइएको उच्चस्तरीय समन्वय समितिले समेत जापान र हङकङ भिसा भएकालाई चार्टर्ड उडानमार्फत फर्किन दिने निर्णय गरेको छ । सरकारले नेपालमा रोकिएका ती यात्रुको स्वास्थ्य परीक्षण र अध्यागमन प्रक्रिया पूरा गरी पठाउने निर्णय गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com