Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१३:५० बिहान
- ADVERTISEMENT -

श्रमिकलाई पर्यटन पदमार्ग बनाउने काम दिने : अजिकोट गाउँपालिका

प्रकाशित मिति: २०७७ जेठ २, शुक्रबार

809
Shares

गोरखा, शुक्रबार, २ जेठ २०७७ । लकडाउनका कारण काम खोसिएका गाउँका श्रमिकलाई गोरखाको अजिकोट गाउँपालिकाले पर्यटन पदमार्ग बनाउने काम दिएको छ । दोस्रो चरणको राहत स्वरुप नागेपोखरी जाने पर्यटन पदमार्ग बनाउने काम दिएको गाउँपालिकाका अध्यक्ष फणिन्द्र धितालले जानकारी दिनुभयो ।

करिब २० किलोमिटर सो पदमार्ग निर्माणका लागि निश्चित दुरी कायम गरी दस, दस जनाको पाँच वटा समूह बनाई काम गर्ने गाउँपालिकाले निर्णय गरेको छ । पहिलो चरणमा ५० जनाले काम गरेको निश्चित दिनपछि दोस्रो चरणमा उनीहरुलाई फिर्ता गरी दोस्रो चरणमा अर्को ५० जनालाई परिचालन गर्ने गरी गाउँपालिकाले नियम बनाएको छ ।

‘नागेपोखरी, निम्चेपोखरीसम्म जाने पर्यटन पदमार्गका लागि हामीले ७० लाख रुपैयाँ बिनियोजन गरेका छौं’, ‘यो बजेटबाट पदमार्ग बनाउँदा गाउँका श्रमिकलाई रोजगार पनि मिल्ने, पदमार्ग पनि बन्ने, दुवै हातमा लड्डु हुने भएको छ ।’ जिल्ला दररेट अनुसार दैनिक सात सय साठी रुपैयाँका दरले ज्याला दिने गाउँपालिकाका अध्यक्ष फणिन्द्र धितालले जानकारी दिनुभयो ।

अघिल्लो बर्ष गाउँपालिकाले उक्त पदमार्गका लागि ७० लाख रुपैयाँ बिनियोन गरेको थियो । कार्यक्रम कार्यान्वयन हुन नसक्दा सो बजेट यसबर्ष गाउँकै श्रमिकलाई काम दिएर खर्च गर्ने धितालले बताउनु भयो ।

‘सिरानडाँडादेखि दोबाटा, नागीखर्क, पौनडाँडा, खडेओढार, नागेपोखरी जाने एउटा बाटो बनाउँछौं । फेरि देब्रेतर्फको निम्चेसम्मको अर्को पदमार्ग खोल्छौं ।’ गाउँपालिकाले पहिलो चरणमा चारसय ८० जनालाई राहत दिएको थियो । दोस्रो चरणको राहत कार्यक्रममा उनीहरुलाई नै काम दिने र अरु दक्ष मिस्त्रीलाई पनि थप्ने गाउँपालिको लक्ष्य राखेको छ ।

नागेपोखरीमा काठैकाठको प्रयोग गरी पर्यटन सूचना केन्द्र बनाउने योजना छ । साथै, वनभोज जान चाहनेका लागि भाँडाकुँडा, खरिद पनि गर्ने गाउँपालिकाको कार्यक्रम छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -