काठमाडौं, १ जेठ २०७७ । काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत ६ वर्षिया बालिकामा कोरोना संक्रमण देखिएको छ ।
६ दिन अगाडी उपचारका लागि कपिलवस्तुबाट काठमाडौं आएकी बालिकामा संक्रमण देखिएको अस्पतालका निर्देशक प्रेमसिंह खड्गाले जानकारी दिए । बालिका अस्पतालको न्यूरो वार्डमा उपचाररत छिन् ।
कोरोना पुष्टि भएपछि टिचिङ अस्पतालको न्यूरो वार्ड सिल गर्ने तयारी गरिएको छ । अस्पतालमा भर्ना भएकी बालिकामा कोरोना देखिएपछि अब के गर्ने भन्नेबारे छलफल भइरहेको खड्गाले जानकारी दिए ।









































