Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
६:००:१५ बेलुका
- ADVERTISEMENT -

पेटमा सिरानी राखि नक्कली गर्भवती बनेर घर फर्कंदा समाएर क्वारेन्टाइनमा

प्रकाशित मिति: २०७७ वैशाख ३१, बुधबार

863
Shares

काठमाडौं, ३१ बैशाख २०७७ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले सुत्केरी बोकेको एम्बुलेन्समा बसेर घर आएका पाँच जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ ।

मोरङको सुन्दर हरैंचा नगरपालिका–१० बाट सुत्केरी महिला बोकेको एम्बुलेन्समार्फत सोमबार गाउँ आएका पाँचजनालाई एम्बुलेन्ससहित नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए । भाडा तिरेर सुत्केरी बोकेको को १ च ५८६७ नम्बरको एम्बूलेन्सबाट घर आएको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएर मंगलबारदेखि १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको हो ।

एम्बुलेन्सका चालकलाई समेत क्वारेन्टाइनमा राखिएको छ । प्रेरणा बहुउद्धेश्यीय सहकारी संस्थामार्फत सञ्चालित सो एम्बुलेन्स नियन्त्रणमा लिएर गाउँपालिकामा राखिएको छ । ‘सुत्केरी बोकेर गाउँ आएको एम्बुलेन्सबाट उहाँहरु पनि घर आउनु भएको रहेछ,’ अध्यक्ष राईले भने, ‘हामीलाई जानकारी हुने वित्तिकै सुत्केरीलाई बाहेक पाँचजनालाई क्वारेन्टाइनमा राखेका हौँ । दुरुपयोग भएकाले एम्बुलेन्सलाई पनि नियन्त्रणमा राखेका छौँ ।’

यस्तै सो गाउँपालिकामा लकडाउनका बेला गाउँ भित्रिनका लागि एक महिलाले गर्भवतीको बाहना गरेको खुलेको छ । केही समयअघि पेटमा सिरानी राखेर गर्भवती भएको वाहना गरेर इटहरीबाट एम्बुलेन्समार्फत घर आएको खुलेको हो । गर्भवती नभए पनि गर्भावस्थामा समस्या आएकाले उपचारमा गएर घर फर्केको बताएकी महिलालाई होम क्वारेन्टाइनमा राखिएको अध्यक्ष राईले बताए । गाउँपालिकाले सुरुदेखि नै शहरबाट गाउँ भित्रिनमा कडाई गरिरहेको छ । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -