गोरखा, ३० बैशाख २०७७ । नेपाली कांग्रेस जिल्ला कार्य समिति गोरखाका सभापती हरि घलेको अध्यक्षतामा गोरखा कांग्रेसले स्थानीय तहका जनप्रतिनिधिसंग छलफल सम्पन्न गरेको छ ।
बिश्वभरी माहामारीको रुपमा फैलिदै गएको नोबेल कोरोना भाइरसको रोकथाम तथा सहजीकरणका लागि गोरखामा स्थानीय तहले गरेका कार्य, पहल, सहजीकरण र भाबी योजनाका बारेमा छ्लफल गरिएको थियो ।
कोरोना भाइरसका कारण उत्पन्न आजको जटिल परिस्थितिमा सरकारले गरेको लकडाउनका कारण आम जनतामा परेको समस्या र समाधानका लागि नेपाली कांग्रेस गोरखाले थालेको अभियानका क्रममा सहजीकरणका लागि छलफल आयोजना गरिएको कांग्रेस गोरखाका सचिब नन्द प्रसाद न्यौपानेले बताउनु भयो ।
उक्त छ्लफलमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उप प्रमुखले बिदेशबाट फर्किएका ब्यक्ति बाट हुन सक्ने जोखिमबाट समुदायलाई बचाउनु पर्नेमा जोड दिदै स्वास्थ्य परिक्षणको दायरा बढाउनु पर्ने सुझाव दिएका छ्न । साथै, राजनीतिक दलले महत्त्वपूर्ण भुमिका निर्वाह गर्न आग्रह गरेका छ्न ।








































