Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४४:५९ बिहान
- ADVERTISEMENT -

पोखरामा औद्योगिक क्षेत्र अन्तर्गत ३६ उद्योग सञ्चालन

प्रकाशित मिति: २०७७ वैशाख ३०, मंगलबार

769
Shares

पोखरा, ३० बैशाख २०७७ । सरकारले बन्दाबन्दीको समयमा उद्योग कलकारखानालाई वर्गीकरण गरेर खोल्ने अनुमति दिएपछि पोखरा औद्योगिक क्षेत्रका ३६ उद्योग सञ्चालनमा आएका छन् ।

पोखरा औद्योगिक क्षेत्रमा रहेका ७७ उद्योगमध्ये हाल ३६ उद्योग सञ्चालनमा आएको पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रबन्धक भूषणकुमार उपाध्यायले जानकारी दिनुभयो ।

“सरकारले औद्योगिक क्षेत्रका सबै उद्योग सञ्चालनका लागि अनुमति दिए पनि स्वास्थ्य सुरक्षा एवं अधिकांश कामदार घर गएकाले पूरै उद्योग सञ्चालनमा आउन सकेका छैनन्”, “उद्योग खोल्न भने पनि सहज वातावरण छैन, कतिपय कच्चा पदार्थ भारतलगायतका स्थानबाट ल्याउनुपर्छ, भैरहवाबाट पोखरा आउन दुई–तीन दिन लाग्ने गरेको उहाँले भन्नुभयो ।

बीचबीचमा रोकिन्छ तर सुरक्षा सतर्कताका लागि भरपर्दो जाँच हुनसकेको छैन, मजदुर पनि ढुक्कले काममा आउन सकेका छैनन्, उद्योग सञ्चालकहरुमा पनि एक प्रकारको त्रास छ ।” उहाँले औद्योगिक क्षेत्रमा करिब दुई हजार ५०० देखि तीन हजारसम्म मजदुर कार्यरत रहे पनि अहिले झण्डै एक हजार १०० कामदार मात्रै काममा फर्केको बताउनुभयो । सञ्चालनमा आएका उद्योगमा अहिले पानी, बिस्कुट, मसला, अक्सिजन, दूधडेरी, मेटल उद्योग सञ्चालमा रहेको र चाउचाउ, ह्याण्डवास, प्याकेजिङ, मेटल फ्रेविकेशनलगायतका उद्योग छन् ।

उपाध्यायले औद्योगिक क्षेत्रको गेटमा कार्यरत मजदुरको स्वास्थ्य सतर्कताका लागि ‘हेल्थ डेस्क’ आवश्यक रहेकोबारे पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराए पनि पहल नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “अहिलेको अवस्था जटिल छ, प्रवेशद्धारमा एउटा हेल्थ डेस्क राख्दा राम्रो हुने थियो, तर सुनुवाइ भएन ।” गोशेली प्रिन्टप्याकका प्रबन्धक विकास नकर्मीले सामान उत्पादन भए पनि निर्यातका लागि ढुवानीको समस्या भएको बताउनुभयो । “उद्योगमा ७० भन्दा बढी कामदार छन्, अहिले ४० मात्र आएका छन् ।

उत्पादन भएको सामग्री पनि निर्यातका लागि ढुवानी समस्या भएको छ ।” नकर्मीले कार्टुन र ट्वाइलेट पेपर उत्पादन हुने र काठमाडौँलगायत देशका विभिन्न स्थानमा निर्यात हुने जानकारी दिनुभयो । ताजा फुड्स प्रालिका सञ्चालक विनोद शर्मा न्यौपानेले अहिले ३० प्रतिशत मात्र उत्पादन गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले धेरै खपत हुने स्कूल, क्याम्पसलगयतका स्थान बन्द छन् ।

अधिकांश घरमा भएकाले पनि पाउरोटी, कुकिज, पपको माग कम छ । कामदार पनि आ–आफ्नो घर गएकाले अहिले सीमित कामदारबाट मात्रै उत्पादन र बिक्री वितरण गरेका छौँ ।” न्यौपानेले ३० कामदारमा अहिले १५ जनामात्रै रहेको जानकारी दिनुभयो । केही दिनयता १० बजेपछि पनि बिक्री वितरण गर्न पाएपछि सहज भएको उहाँको भनाइ थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -