- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

काँग्रेस नेता शेरचनद्वारा बुर्तिबाङमा खाद्यान्न वितरण

May 10, 2020
988
Shares
- ADVERTISEMENT -

बुर्तिबाङ, २८ बैशाख २०७७ । नेपाली काँग्रेसका नेता जितबहादुर शेरचनको नेतृत्वमा आइतबार ढोरपाटन नगरपालिका १ बुर्तिबाङका १ सय घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । कोरोना भाइरस (कोभिड १९) का कारण लामो समय देखि भएको लकडाउनले दैनिक ज्याला मजदुरी गर्न नपाएका र प्रशस्त खेतियोग्य जमिन नभएका गरीब, विपन्न र असहाय परिवारका निम्ती खाद्यान्न वितरण गरिएको हो ।

दुई पटक सम्म प्रदेश तहको निर्वाचनमा पराजित भएका शेरचनले आफुले निर्वाचन हारेपनि समस्यामा परेका नागरकिको पीडालाई सँधै सम्मान गर्दे आइरहेको बताउँदै आफु निर्वाचन उठेको क्षेत्रका गरीब, असहाय, विपन्न घरपरिवारका निम्ती आफुले विभिन्न व्यक्ति तथा सँघसँस्था सँग सहकार्य गरेर यो समस्याको घडीमा राहत वितरण गरेको बताए ।

- ADVERTISEMENT -

Advertisement

उनले तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका नागरिकका गाउँगाउँमै पुगेर राहत वितरण गर्दे गर्दा आज ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा रहेका अति गरीवीको रेखामुनी रहेका १ सय ४९ घरपरिवारका निम्ती खाद्यान्न हस्तान्त्रण गरिएको बताए । वितरणको क्रममा २० केजी चामल, १ प्याकेट खाने तेल, १ केजी आयोडिन नुन र हातधुने एक चक्की सावुन समेत हस्तान्त्रण गरिएको थियो ।

दैनिक ज्याला मजदुरी गर्दे आएका स्थाई तथा अस्थाई रुपमा बुर्तिबाङ, भव्रेटा, स्वरबोट लगाएत आसपासका नागरिकले उक्त राहत सामाग्री पाएका नेपाली काँग्रेस पुर्व महासमिती सदस्य अर्जुन शेरचनले बताए । आफुहरुले विभिन्न सहयोगी दाताहरु र आफनो व्यक्तिगत खर्चमा दुखमा परेका नागरिकको निम्ती राहत उपलब्ध गराइएको र पुन अर्का चरणमा गरीबका घरधुरीमा पुग्ने अभियान रहेको जित शेरचनको भनाई छ ।

- ADVERTISEMENT -

Advertisement

राहत वितरणको क्रममा स्थानिय पालिकाले उपलब्ध गराएको तथ्याँक र थप छुट भएका नागरीकलाई समेटेर वितरण गरिएको जनाइएको छ । टोलीले बागलुङ क्षेत्र नं।२ प्रदेश (क) तर्फ स्वास्थ्य सँस्थामा स्वास्थ्य सामाग्री र प्रदेश (ख) तर्फ खाद्यान्न वितरण अभियान थालेको थियो ।

अभियानमा नेपाली काँग्रेसका नेता जित शेरचन सहित पुर्व महासमिती सदस्य अर्जुन शेरचन, पूर्व जिल्ला सदस्य मेशलाल सर्मा, नेपाल तरुणदल जिल्ला सचिव नविन शेरचन, नेपाली काँग्रेस ढोरपाटन नगर सभापती सालिकराम सर्मा, नेपाल दलित महिला सँघ केन्द्रिय प्रतिनिधी दिलमाया पौवी, नेपाल महिला सँघ क्षेत्रीय सभापती लिलमाया पुन,वडा सदस्य असारी बिक, सरन पाण्डे, धनसरी कँडेल, समाजसेवी रामप्रसाद सर्मा लगाएतको उपश्थितीमा राहात वितरण गरिएको हो ।

उता नेपाली काँग्रेस क्षेत्रीय सभापती दोर्णकुमार कुवँर लगाएतको टोलीद्धारा आफनो क्षेत्रका ४८ स्वास्थ्य सँस्था, ६ पालिका, प्रहरी कार्यालयमा पार्टिको तर्फदेखि दुई चरणमा स्वास्थ्य सामागि हस्तान्त्रण गर्नुका साथै बागलुङ ढोरपाटन समाज हङकङको सहयोगमा प्राप्त ज्वरो नाप्ने मेशिन नेता कुवँरको सक्रियतामा थर्र्मल गन जिल्लाका सबै स्वास्थय सँस्थामा पुर्याइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com