- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भारतले नेपाली भूमी मिचेर सडक निर्माण गरेको बिरोधमा ने वि संघको गोरखामा प्रर्दशन

May 10, 2020
924
Shares
- ADVERTISEMENT -

गोरखा, २८ बैशाख २०७७ । भारतले नेपाली भूमी मिचेर सडक निर्माण गरेको बिरोधमा गोरखामा प्रर्दशन भएको छ । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले पार्टी कार्यालय तिनधारे देखि हरमटारी चोकसम्म राँके जुलुस प्रर्दशन गरेको हो ।

भारतको हेपाह नीतिको बिरोध गर्दै विद्यार्थीहरुले चर्का नारा लगाएका थिए । साथै भारतले सडक निर्माण गर्दासम्म नेपाल सरकार मुख दर्शक बनेको भन्दै विद्यार्थीहरुले प्रधानमन्त्रीको राजिनामा समेत मागेका छन् ।

- ADVERTISEMENT -

Advertisement

जुलुश प्रदर्शन पछि हरमटारी चोकमा आयोजित कोण सभालाई नेबिसंघ गोरखाका अध्यक्ष सुबास अधिकारी र सचिव मिलनसिंह बस्नेतले संबोधन गरेका थिए । ‘बिस्तारबादी भारतीय सरकार तत्काल नेपाली भूमीबाट हट्नु पर्छ भन्ने नेबिसंघको माग हो,’ अध्यक्ष अधिकारीले भने, ‘आफ्नो भूमिमा सडक बन्दा सम्म पनि थाहा नपाउने नालायक सरकारलाई सत्तामा बस्ने अधिकार छैन । तत्काल राजिनामा दिनुपर्छ ।’

उक्त कदमको कुटनितिक तबर हल गर्न आग्रह गर्दै नेबिसंघ भारतीय सरकारले निर्णय नसच्चाएसम्म चरणबद्ध आन्दोलन गर्ने बताएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com