- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

हङकङ निवासी गुरुङ दम्पतीद्वारा बाजुङ हेल्थ पाेष्टलाई स्वास्थ सामग्री सहयाेग

May 10, 2020
624
Shares
- ADVERTISEMENT -

पोखरा, २८ बैशाख २०७७ । यतिबेला विश्व नै कोरोना भाइरस महामारीसंग युद्ध लडि रहेको बेलामा हङकङ निवासी गुरुङ दम्पतीले बाजुङ हेल्थ पाेष्टलाई अति आवश्यक स्वास्थ सामग्री सहयाेग र माेदी गाउँ पालिका बाजुङ वडा नं ५ पर्बतलाई मास्क र नयाँ क्यालेन्डर प्रदान गर्नुभएको छ ।

पुरानो घर बाजुङ्ग, फलाने गाउँ हाल हङकङ निवासी मिलन विश्व समाचारका अध्यक्ष, मिलन फाउन्डेसन नेपालका संरक्षक दुर्गा गुरुङ मिलन र अध्यक्ष गंगा कुमारी गुरुङ दम्पतीकाे आर्थिक सहयाेगमा मिलन फाउन्डेसन नेपालद्धारा उक्त अति आवस्यक सामग्री सहयाेग गर्नुभएको हो ।

- ADVERTISEMENT -

Advertisement

समाजसेवी गुरुङले गोर्खाली रेडियो संगको कुराकानीमा हाल कोरोनाको महामारीले सबैतिर असर पारीरहेको बेला आफ्नो गाउँलाई पनि असर पारेकोले स्वास्थकर्मीको लागि पी.पी.ई र पन्जा, गाउँबासी तथा बिरामीको लागि मास्क प्रदान गरिएको बताउनु भयो । वहाँले लकडाउन खोले लगत्तै हङकङबाटै ५ थान पि.पि.ई र टोपी पठाउने जानकारी पनि गराउनु भयो ।

आइतबार एक कार्यक्रमका बीच मिलन फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्ष देवी गुरुङ र सचिव मदन गुरुङले पाँच थान पी.पी.ई., १ हजार पिस सर्जिकल पन्जा, १ हजार पिस सर्जिकल मास्क र १२ सय पिस नयाँ भीत्ते पात्रो बाजुङ हेल्थ पाेष्ट सानो पाखाका इन्चार्ज गोकुल अधिकारी र पर्बत माेदी गाउँ पालिका वडा नं ५ बाजुङका वडा अध्यक्ष दल बहादुर मल्ललाई संयुक्त रुपमा हस्तातरण गर्नुभएको हो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमका प्रमुख अतिथि दलबहादुर मल्लले कोरोना कहरको बेला मिलन फाउन्डेसन नेपालका संरक्षक दुर्गा गुरुङ मिलन दम्पतीले बिदेशमा रहेर पनि आफ्नो देश अनि जन्मथलोलाई माया गरि कोरोना विरुद्ध जुध्न र यसको रोकथाम तथा नियन्त्रणका लागि यति धेरै स्वास्थ सामाग्री सहयोग गर्नुभएकोमा गुरुङ दम्पतिलाई आफ्नो र वडाको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।

उक्त स्वास्थ सामाग्री हस्तान्तरण कार्यक्रममा नेकपा बाजुङ गाउँ कमिटी पर्वतका अध्यक्ष राजेश शाही, नेपाली कांग्रेस बाजुङका अध्यक्ष मनबहादुर अधिकारी, बाजुङ हेल्थपोस्ट इन्चार्ज गोकुल अधिकारी र बाजुङ पोखरा सम्पर्क सेवा समिति कास्कीका अध्यक्ष जयबहादुर (जयलाल) सुबेदी लगायतका अतिथिहरुको उपस्थितिमा वडाबासीको सहभागीता रहेका थिए | सचिव मदन गुरुङले सन्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता फाउन्डेसनकी कार्यबाहक अध्यक्ष देवी गुरुङले गर्नुभएको थियो ।

यस अघि पनि हङकङ निवासी गुरुङ दम्पतीले बाजुङ हेल्थपोस्टलाई ४० हजार बराबरको फोटोकपी मेसिन १ थान ,ह्वील चियर १ थान ,स्ट्रेचर १ थान , डिजिटल ब्लड प्रेसर मेसिन १ थान, तापक्रम नाप्ने गन २ थान , सुगर टेस्टर मेसिन १ थान र १५ सय वटा किड , ईएनटी सामाग्री १ बक्स र एडजस्टिङ बेड १ थान लगायत विभिन्न प्रकारका औषधि तथा स्वास्थ सामाग्रीहरु वितरण गर्दै आइरहनु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com