Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१२:४७ बिहान
- ADVERTISEMENT -

सरकारलाई कुटनीतिक र राजनीतिक रुपमा उच्च स्तरीय पहल चाल्नुपर्ने

प्रकाशित मिति: २०७७ वैशाख २८, आइतबार

892
Shares

काठमाडौं, २८ बैशाख २०७७ । नेपाली काँग्रेसले सरकारलाई कुटनीतिक र राजनीतिक रुपमा उच्च स्तरीय पहलकदमी लिएर समस्या समाधान गर्न अपील गरेको छ ।

उसले नक्सा प्रकरणमा सरकारको भूमिका वक्तव्यमा सीमित हुनु र फेरि त्यही प्रवृत्ति देखिनु दुखद रहेको टिप्पणी गर्दै सरकारलाई यथाशीघ्र पहलकदमी गर्न अपील गरेको हो ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी भारत र चीनबीच सडक सञ्जाल निर्माणबारे भएको सहमतिदेखि नै काँग्रेसले विरोध गरेको स्मरण गराउनुभएको छ ।

उहाँले नेपालको भू–भागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले हुनुपर्ने बताउनुभएको छ । सभापति देउवाले राष्ट्रियताको सवालमा नेपाली काँग्रेस सदैव सरकारको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

भारतीय विदेश मन्त्रालयले शनिबार एक सञ्चार जिज्ञासामा भारतले आफ्नै भूभागमा सडक सञ्जाल विस्तार गरेको दाबी गरेको थियो ।

सन् २०१५ को मे महिनामा भारत र चिनियाँ प्रधानमन्त्रीले लिपुलेकबारे बेइजिङबारे सहमति गर्नुभएको थियो । उक्त सहमतिलगत्तै काँग्रेसका तात्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले दुवै देशका सरकारलाई ‘प्रोटेस्ट नोट’ पठाएर गम्भीर असहमति जनाएको सभापति देउवाले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । वक्तव्य मात्रै जारी गरेर सरकारको उत्तरदायित्व पुरा नहुने उहाँको आशय छ ।

उहाँले सन् २०१९ को नोभेम्बर महिनामा भारतले आफ्नो नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतको नेपाली भू–भाग समावेश गर्दा भारतीय सेना फित्र्ताको माग गरेको ध्यानाकर्षण गराउनुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -