- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

राष्ट्रियसभा कांग्रेस संसदीय दलको सचेतकमा अनिता देवकोटा

May 9, 2020
773
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २७ बैशाख २०७७ । राष्ट्रियसभा नेपाली कांग्रेस संसदीय दलको सचेतकमा सांसद अनिता देवकोटालाई मनोनयन गरिएको छ । कांग्रेस सभापति एवं पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाद्वारा देवकोटालाई मनोनयन गरिएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

सभापति देउवाले पार्टीको संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को दफा १३ को उपदफा (२) बमोजिम देवकोटालाई राष्ट्रियसभा संसदीय दलको सचेतकमा मनोनयन गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

ज्ञातव्य छ, यसअघि राष्ट्रियसभामा काग्रेस संसदीय दलको सचेतक रहनुभएका सांसद सरिता प्रसाईको गत फागुुन १९ गते राष्ट्रियसभामा दुई वर्षे कार्यकाल समाप्त भएपछि उक्त पद रिक्त थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com