- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपाली भूमि अतिक्रमणविरुद्ध सरकारले तत्काल कदम चालोस् : प्रवक्ता नारायणकाजी

May 9, 2020
641
Shares
- ADVERTISEMENT -

काठमाडौं, २७ बैशाख २०७७ । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली भूमि लिपुलेक मिचेर सडक बनाई उद्घाटन गर्ने भारत सरकारको कदमप्रति आपत्ति जनाएका छन् ।

दार्चुला जिल्लामा पर्ने गुन्जीबाट लिपुलेक जोडिने क्षेत्र भारतले अतिक्रमण गर्दै कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खुलाएको छ। उक्त सडक भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत शुक्रबार उद्घाटन गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

प्रवक्ता श्रेष्ठले शनिबार ट्विट गर्दै भनेका छन्, ‘भारतले अनधिकृत रुपमा कब्जा गरेको र आफैंले समेत विवादित भनी स्वीकार गरेको पश्चिम सीमा क्षेत्रको नेपाली भूमिमा सडक बनाई हिजो उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु।’ उनले हामी सबै कोरोनाविरुध्द लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणविरुध्द कडा कदम चलन सरकारसँग माग गरेका छन्।

लिपुलेक क्षेत्रलाई केही समयअघि भारतले आफ्नो नक्सामा समावेश गरेर सार्वजनिक गरेको थियो। नेपालमा जनस्तरबाट त्यसको कडा विरोध भए पनि कूटनीतिक तहबाट भने समस्या समाधानका लागि कुनै पहल नभएको बताइन्छ।

- ADVERTISEMENT -

Advertisement

सडक नै उद्घाटन गरेपछि सत्तारुढ पार्टीका प्रभावशाली नेता एवम् पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले सामाजिक सञ्जालमार्फत विरोध गर्दै अतिक्रमण रोक्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com