गोरखा, २६ बैशाख २०७७ । पालुङटार नगरपालिकाले मानव सेवा आश्रम गोरखालाई आर्थिक सहयोग गरेको छ ।
सडक मानवहरुलाई आश्रय दिइरहेको उक्त आश्रम सञ्चालनमा सहयोग पु¥याउन सहयोग पुगोस् भन्ने उदेश्यले तिन लाख आर्थिक सहयोग गरिएको नगर प्रमुख दिपकबाबु कंडेलले जानकारी दिनुभयो । ‘नगर सभाबाटै रकम थोरै रकम पास गराइदिएको थिएँ,’ ‘यसले गोरखालाई सडक मानव रहित बनाउने उहाँको जुन अभियान छ त्यसलाई थोरै भएपनि सहयोग गर्छ भन्ने पालुङटार नगरपालिकाको विश्वास छ ।’ उहाले भन्नुभयो ।
आज शुक्रबार अभिभावक परिवारका संयोजक सित्तलकाजी मास्के आश्रमकी गोरखा प्रमुख मुना लामा लगायतको टोलीलाई नगरप्रमुख कंडेल, उपप्रमुख पंफा बसेल लगायतको सयुक्त रुपमा रकम हस्तारण गर्नु भएको थियो । ‘उक्त रकम हामीले आश्रम व्यवस्थापनमा खर्च गर्छौ,’ प्रमुख लामाले भन्नुभयो, ‘यो सहयोगले आश्रम सञ्चालन गर्न हामीले ठूलो सहयोग हुनेछ ।’ उहाले भन्नुभयो ।
गोरखा आसपासका सहयोगी व्यक्तिहरुले दिएको खाद्यन्न र नगदले आश्रम चल्ने गरेको छ । बालबालिकाहरुलाई पनि सहयोग संकलन गरी पढ्ने व्यवस्था मिलाइएको छ ।
मानव सेवा आश्रमले गोरखा नगरपालिकालाई नेपालकै पहिलो सडक मानवमुक्त नगर घोषणा गरिसकेको छ ।









































