Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
९:५७:०१ राति
- ADVERTISEMENT -

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि

प्रकाशित मिति: २०७७ वैशाख २६, शुक्रबार

674
Shares

काठमाडौँ, २६ बैशाख २०७७ । सङ्घीय संसद्को बजेट अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक प्रारम्भ हुँदैछ ।

कोरोना भाइरस (कोभिड–१९) को कहरबीच सुरु अधिवेशनको सुरक्षा लगायतका सम्पूर्ण तयारी संसद् सचिवालयले पूरा गरिसकेको छ । बिहीबारदेखि सङ्घीय संसद्का सदस्यहरूको कोरोना परीक्षण पनि सुरु गरिएको छ ।

राष्ट्रपतिको अधिवेशन प्रारम्भसम्बन्धी पत्र पढेर शुक्रबार बैठक प्रारम्भ गरिनेछ । राष्ट्रिय सभातर्फ अघिवेशन प्रारम्भ भएको अवसरमा दलीय आधारमा शुभकामना मन्तव्यको सम्भावित कार्यसूची तय गरिएको छ। तर, प्रतिनिधि सभाको कार्यसूची एकिन भइसकेको छैन । अधिवेशन नभएको बेला निधन भएका पूर्व सभासद् प्रा डा विश्वनाथप्रसाद अग्रवालको निधनमा शोक प्रस्ताव पारित हुनेछ ।

त्यसैगरी, सरकारले हालै दुई अध्यादेश जारीपछि साबिकका व्यवस्था पुनः जगाउन जारी गरेको केही अध्यादेश खारेज गरी नेपाल ऐनको साबिक व्यवस्था जगाउने अध्यादेश २०७७ दुवै सदनमा प्रस्तुत हुनेछ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले अधिवेशन सुरुवातका लागि सबै तयारी पूरा भइसकेको जानकारी दिनुभयो । ‘‘हामीले आवश्यक पूर्वाधारको तयारी गरिसकेका छौँ । कोरोना जोखिम न्यूनीकरणका लागि पनि स्वास्थ्य सेवा विभागले दिएको प्रतिवेदनका आधारमा आवश्यक सुरक्षात्मक व्यवस्था तयारी गरिसकेका छौँ । हर सम्भव रूपमा सुरक्षित तवरले बैठक सञ्चालन गर्ने गरी तयारी गरिएको छ ।’’ उहाँले भन्नुभयो ।

चा लू अधिवेशन सरकारका वार्षिक कार्यक्रम पेससँगै बजेट पनि प्रस्तुत हुनेछ । संवैधानिक समयसीमा अनुसार जेठ १५ गते बजेट प्रस्तुत हुनेछ । संसद् सञ्चालन नियमावलीको व्यवस्था अनुसार बजेट प्रस्तुतअघि कम्तीमा १५ दिन पहिले पूर्वबजेट छलफल हुनेछ । पूर्व बजेटपछि नीति तथा कार्यक्रममा छलफल हुनेछ ।

जेठ २ मा नीति तथा कार्यक्रम सार्बजनिक हुने

संसद सचिवालयले अधिवेशनको प्रारम्भसँगै बजेट पारितसम्मको तालिका प्रस्ताव गरेको छ । राष्ट्रिय सभाले सम्भावित कार्यतालिका प्रकाशित गरिसकेको छ । प्रतिनिधि सभाले कार्यतालिका सार्वजनिक गरेको छैन । सम्भावित कार्यतालिका अनुसार बैशाख २८ गतेबाट पूर्वबजेट छलफल गर्ने तयारी छ । दुई दिनसम्म छलफल चलाउने सचिवालयको तयारी छ । अघिल्लो वर्ष पूर्वबजेट छलफल भएको थिएन । यो पटक केही दिन कटौती गरी छलफल गर्न लागिएको हो ।

त्यसैगरी, जेठ २ गते सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी सचिवालयले गरेको छ । संशोधन दर्तापछि नीति तथा कार्यक्रम जेठ ४ गतेबाट छलफल प्रारम्भ गर्ने तयारी छ । बजेट प्रस्तुत नहुँदासम्म सदनमा आर्थिक सर्वेक्षण प्रस्तुत लगायतका कार्य सूची रहनेछन् । जेठ १५ गते भने सरकारका तर्फबाट वार्षिक बजेट प्रस्तुत हुनेछ ।

स्वाब सङ्कलन

संसद अधिवेशन प्रारम्भअघि बैठकमा सहभागी हुने सांसद, कर्मचारी र सुरक्षाकर्मीको कोरोना परीक्षण प्रक्रिया प्रारम्भ भएको छ । सचिवालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा बिहीबार स्वाब सङ्कलन गरेको हो । जोखिमपूर्ण क्षेत्रबाट काठमाडौँ फर्किनुभएका सांसद, सुरक्षाकर्मी तथा कार्यव्यवस्था परामर्श समितिमा रहने कर्मचारीको पहिलो चरणमा स्वाब सङ्कलन गरिएको हो ।

संसद् सचिवालयका अनुसार बिहीबार ४ सय ४१ जनाको स्वाब सङ्कलन भएको छ । जसमा प्रतिनिधि सभातर्फ १ सय ७९ र राष्ट्रिय सभातर्फ ३३ जनाको स्वाब सङ्कलन भएको छ । साथै, कर्मचारी र मर्यादापालक २ सय २९ जनाको पनि स्वाब सङ्कलन भएको छ ।

सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार बाँकी रहेका सांसद तथा सुरक्षाकर्मीको स्वाब सङ्कलन शुक्रबार बिहान ८ बजेदेखि १० बजेसम्म सङ्कलन हुनेछ । संसद् भवनको ल्होत्से हलमा स्वाब सङ्कलन हुनेछ । परीक्षण प्रतिवेदन नआएसम्म बैठकमा सहभागी नहुन सदस्यहरूलाई आग्रह गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -