- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सरकारको नीति तथा कार्यक्रम जेठ २ गते संसदमा प्रस्तुत हुने

May 7, 2020
682
Shares
- ADVERTISEMENT -

काठमाडौं, २५ बैशाख २०७७ । आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम जेठ २ गते संसदमा प्रस्तुत हुने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा सरकारले आर्थिक वर्ष २०७७/७८ को लागि बजेटका प्राथमिकता तथा सिद्धान्त जेठ २ गते पेश गर्ने कार्यतालिका तय भएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी, बैशाख २८ गतेबाट प्री-बजेट छलफल सुरु हुने भएको छ । जेठ १५ गते बजेट आउने संवैधानिक व्यवस्था भएकाले त्यसको १५ दिनअघि नै प्रिबजेट छलफल गर्नुपर्ने कानुनी व्यवस्था छ। संघीय संसदको अधिवेशन शुक्रबारबाट सुरु हुने भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com