- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

तीस परिवारलाई सज्जन महिला साकोसको सहयोग

May 6, 2020
699
Shares
- ADVERTISEMENT -

काठमाडौं, बुधबार, २४ बैशाख २०७७ । सज्जन महिला साकोसद्वारा आज सातौ चरणको राहत विपन्न तथा गरिव तीस परिवारहरुलाई वितरण गरिएको छ ।

उक्त राहत वितरणमा  का.म. न. पा. वडा न -६ का वडा अध्यक्ष दिपेन्द्र लामा, वडा सदस्य जयराम पुडासैनी, सज्जन महिला साकोसकी अध्यक्ष सीमा पुरी, संयोजक शोभा खरेल, सदस्य चन्द्रमा अधिकारी , इन्दिरा जम्कट्टेल ,  ब्यबस्थापक नगीना सिह भण्डारीको रोहबरमा राहत सामाग्री बितरण गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

संस्थाको तर्फबाट पद्मा पुरी,  शिभराम  घिमीरे,  लक्ष्मी मगर,  गिता खतिवडा,  रमिला लामिछाने,  बबिता बस्नेत ,  बसुधा  कक्षपति, डोल्मा दुवाल लगायतले बितरण तथा सामाग्री प्याकिङ्ममा सहयोग  पुर्याउनु भएको  थियो । संस्थाका सदस्यहरुले शान्तिनगर , कपन,  चाबहिल आसपासका असहज अबस्थामा रहेका ज्यालादारी मजदुर, निम्न आय भएका  तीस  परिवारका सदस्यहरुलाई खाद्यान्न सामाग्री  वितरण  गर्नु भएको थियो ।

अहिलेको जटिल परिस्थितिमा कोही पनि भोकै बस्नु नपरोस भनेर संस्थाले अभियान सुरु गरेको संस्थाका अध्यक्ष सीमा पुरीले भन्नुभयो, आज हामी राहत वितरण अभियान अन्तर्गत सातौ  चरणमा आइपुगेका छौ‘  हुँदा खाने र हुने खानेबिचको सहकारीको मुल्य मान्यता र सिद्धान्तलाई सज्जन महिला साकोसको टिमले आत्मसात गर्दै अभियान शुरु गरिएको अध्यक्ष सीमा पुरीले भन्नुभयो । सहयोगी मनका कारण आज तीस परिवारलाई सहयोग गर्न पाउदा खुशी लागेको बताउनु भयो । साथै, यस महान सामाजिक कार्यमा सहयोगी सदस्यहरुलाई सज्जन महिला साकोसको तर्फबाट धन्यवाद ब्यक्त गर्नु हुदै अध्यक्ष सीमा पुरीले ८ औ चरणको राहतको तयारीमा जुट्ने बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

आज  केहि मनकारी शुभचिन्तक तथा युवा समुहले सामाजिक अभियानलाई सहयोग गर्नुहुदै गोप्यदान स्वरुप चामल, दाल, साबन, तेल, मस्यौरा लगायतका सामाग्री खरिद गरी संस्था की अध्यक्ष सीमा पुरीलाई हस्तान्तरण गर्नु भएको थियो । उक्त सामाग्री संकलनमा ब्यबस्थापक-सदस्य पुर्ण बहादुर पुरीले सहयोग गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com