- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेकपा सचिवालय बैठक चल्दाचल्दै बाहिरिए प्रधानमन्त्री केपी शर्मा ओली

May 6, 2020
809
Shares
- ADVERTISEMENT -

काठमाडौँ २४ ऐशाख २०७७ । बालुवाटारमा जारी नेकपाको सचिवालय बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओली बैठक चलिरहदा बीचमै बाहिर निस्केका छन् । भोलिलाई डाकिएको स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न यो बैठक बोलाइएको थियो ।

अघिल्लो बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको माग भएपछि उनले कोरोना संक्रमणपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । तर, अर्का अध्यक्ष र बरिष्ठ नेता माधव नेपाल पक्ष भने ओलीले अहिले नै राजीनामा दिनुपर्ने वा एक व्यक्ति एक पदको नीतिमा पार्टी जानुपर्ने पक्षमा छन् ।

- ADVERTISEMENT -

Advertisement

यसकै बिषयमा विवाद भएपछि प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएको स्रोतले दावी गरेको छ । उनी बाहिरिए पनि बैठक भने जारी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com