काठमाडौं, २४ बैशाख २०७७ । नेपाली कांग्रेसले आगामी नीति तथा कार्यक्रम र बजेटबारे छलफल गरेको छ ।
कांग्रेस संसदीय दलले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पूर्वअर्थमन्त्रीहरू तथा अर्थ क्षेत्रसँग सरोकार राख्नेहरूसँग छलफल गरेको हो ।
कांग्रेसले गठन गरेको छाया सरकारमा अर्थ मन्त्रालय हेर्ने जिम्मेवारी पाएका संयोजक मीनेन्द्र रिजालका अनुसार छलफलमा कांग्रेसका पदाधिकारीदेखि उद्योग, वाणिज्यलगायत सम्बन्धित क्षेत्रका छाता संस्थाका नेतृत्व सहभागी छन्।








































