- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

युवा समाजसेवी श्रेष्ठद्धारा आँबुखैरेनी – १ का १ सय ३ परिवारलाई खाद्यन्न सामाग्री बितरण

May 6, 2020
623
Shares
- ADVERTISEMENT -

आँबुखैरेनी, २४ बैंशाख २०७७ । युवा समाजसेवी अभियान श्रेष्ठले आँबुखैरेनी गाउँपालिका वडा नं. १, को ११ गाउँका १ सय ३ घरधुरीलाई खाद्यन्न सामाग्री बितरण गर्नुभएको छ ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा तरुण दल विभाग प्रमुख शंकर भण्डारी, गाँउपालिका अध्यक्ष गिर बहादुर थापा र वडा नं. १ का वडाध्यक्ष किसान थापाको आग्रहमा नेपाल तरुण दल आँबुखैरेनी गाउँ कमिटीका बरिष्ठ उपाध्यक्ष समेत रहनुभएका युवा समाजसेवी श्रेष्ठको एकल प्रयासमा दैनिक ज्याला मजदुरी गरेर जिविनयापन गर्दै आएका वडा नं. १ का लकडाउन प्रभावित अति विपन्न वर्ग भएका ११ वटा गाउँका १ सय ३ घर परिवारलाई खाद्यन्न सामाग्री बितरण गर्नुभएको हो ।

- ADVERTISEMENT -

Advertisement

गाउँपालिका र वडा नं. १ को कार्यालयको स्वीकृतमा सत्रसयमा १ घर , तल्लोटारमा १५ घर, रातोमाटेमा ८ घर, याङचोक–तिलडाँडा–पोखरीमा ३९ घर, रानागाउँमा १९ घर, भंगेरीमा ८ घर, गिरानचौंरमा ५ घर, समस्तीपुरमा ३ घर र बरादीमा ५ घर परिवारलाई खाद्यन्न सामाग्री बितरण गरिएको हो ।

प्रत्येक घरपरिवारलाई १५ किलो चामल, १ किलो दाल, १ पोका नुुन र १ पोका तेलका दरले खाद्यन्न सामाग्री बितरण गरिएको नेपाल तरुण दल आँबुखैरेनी गाउँ कमिटीका सचिव जय गुरुङ्गले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

यस आँबुखैरेनी क्षेत्रको कुनै गाउँ, समुदाय तथा व्याक्तीलाई खाद्यन्न तथा अन्य आर्थिक लगाएतका समस्या परेको खण्डमा ९८१९१८४००० मा सम्पर्क गर्नुहुन युवा समाजसेवीले सम्पूर्णलाई आग्रह गर्नुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com