- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सज्जन महिला साकोसद्वारा बीस परिवारलाई राहत वितरण

May 5, 2020
580
Shares
- ADVERTISEMENT -

काठमाडौं, २३ बैशाख २०७७ । सज्जन महिला साकोस द्वारा आज छैठौ चरणको राहत वितरण सम्पन्न गरेको छ ।

शान्तिनगरमा रहेको सज्जन महिला बचत तथा ऋण सहकारी संस्थाले लकडाउनका कारण कष्टकर जीवन निर्वाह गरिरहेका २० परिवारलाई राहत वितरण गरेको छ । का म पा वडा नम्बर -६ का वडा सदस्य जयराम पुडासैनीको रोहबरमा उक्त सामाग्री बितरण गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

संस्थाकी अध्यक्ष सीमा पुरी, लेखा समिति सयोजक शोभा खरेल, ब्यबस्थापन नगीना सिह भण्डारीले राहत वितरण गर्नका लागि सहजीकरण गर्नुभएको थियो ।

अहिलेको जटिल परिस्थितिमा कोही पनि भोकै बस्नु नपरोस भनेर संस्थाले अभियान सुरु गरेको संस्थाका अध्यक्ष सीमा पुरीले बताउनुभयो । ‘हुँदा खाने र हुने खानेबीच रहेको असमानतालाई थोरै भएपनि कम गर्न सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै सज्जन महिला साकोसको टिमले अभियान सुरु गरेका हौ,’ सहयोगी मनका कारण आज बीस परिवारलाई सहयोग गर्न पाउदा खुशी लागेको उहाँले बताउनु भयो |

- ADVERTISEMENT -

Advertisement

राहत वितरण गर्नका लागि संस्थाको शिक्षा समिति संयोजक प्रतिमा निरौलाले ७ बोरा चामल संस्थाको सदस्य निशा निरौलाले नगद पाच हजार पाच रुपैयाँ सदस्य गिता नेपालले २५ किलो काउली ५ किलो गोलभेडा १ किलो खुर्सानी सहयोग गर्नु भएको थियो ।

साथै, सदस्य कामना ढुंगानाले बाट २० पाकेट मस्यौरा , लक्ष्मी आचार्यले १५ पाकेट नुन र ॐ शान्तिको तर्फबाट ३ पाकेट नुन सहयोग गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com