Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१५:२२ बिहान
- ADVERTISEMENT -

बिश्वभरका जनसम्पर्क समितिका सभापतिहरुसँग भिडियो संवाद सम्पन्न

प्रकाशित मिति: २०७७ वैशाख २३, मंगलबार

665
Shares

काठमाडौं, २३ बैशाख २०७७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसले निम्त्याएको मानवीय संकटका बेला सरकार स्वास्थ्य सामग्री खरिदसम्बन्धी भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन् ।

नेपाली जनसम्पर्क समिति समन्वय बिभागद्वारा बिश्वभरका जनसम्पर्क समितिका सभापतिहरुसँग आइतबार साँझ आयोजित कोरोना भाइरसले पारेको असरसम्बन्धी भिडियो कम्फरेन्सलाई सम्बोधन गर्दै सभापति देउवाले स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारका बिरुद्ध जिम्मेवार प्रतिपक्षका नाताले कांग्रेसले सडकदेखि सदनसम्म सशक्त ढंगबाट आवाज उठाउने बताए ।

उनले बिदेशी भूमिमा श्रम गरेर नेपालीले कमाएको पैसा संकटका बेला नेपालमा सहयोग गरेकोमा सबैलाई धन्यवाद दिए । कोरोनाका कारण रोजगारी गुमेर अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन सरकारले गरेको बेवास्ताप्रति आपत्ति जनाउँदै उनले तत्काल स्वदेश ल्याउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।

भिडियो कन्फरेन्सलाई सम्बोधन गर्दै कांग्रेस उपसभापति विमलेन्द्र निधिले कोरोना भाइरस नियन्त्रणमा गम्भीर बन्नुपर्नेमा सरकारले लकडाउन गर्ने बाहेक केही काम नगरेको आरोप लगाए ।

कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले ओली नेतृत्वको सरकारले कोरोना भाइरस नियन्त्रणका पक्षमा केही काम गर्न नसकेको भन्दै लकडाउनलाई राजनीतिक साध्य बनाएको आरोप लगाए ।

नेपाली जनसम्पर्क समिति समन्वय बिभागका प्रमुख गोविन्द भट्टराईले बिदेशमा रहेका नेपालीहरुका बारेमा जानकारी लिने उद्धेश्यले भिडियो कन्फरेन्स गरिएको बताए ।

नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य डा। आरजु राणाले कोरोना भाइरसको संक्रमणका कारण बिदेशमा रहेका लाखौं नेपाली बेरोजगार बनेकोले भोलिका दिनमा त्यसको असर सिंगो आर्थिक क्षेत्रमा पर्ने बताइन् ।

नेपाली जनसम्पर्क समिति बेल्जियमका पूर्ब सभापति तथा एनआरएन बेल्जियमका पूर्वअध्यक्ष गंगाधर गौतमले ५ घण्टासम्म संचालन गरेको भिडियो कन्फरेन्समा बिश्व भरका सम्पुर्ण जनसंपर्क समिति र एनआरएनएका अभियान्ताहरु सहभागी थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -