Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२७:५३ बिहान
- ADVERTISEMENT -

गोर्खाजको तर्फबाट सहयोग रकम हस्तान्तरण

प्रकाशित मिति: २०७७ वैशाख २२, सोमबार

597
Shares

पोखरा, २२ बैशाख २०७७ । कोरोनाको कलहमा गोर्खाजको सहयोग हस्तान्तरण गरेको छ ।

कोरोना भाइरसको महामारीले मुलुक लकडाउनको अवस्थामा गोर्खाजहरुले सोमवार गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार एवम विपद व्यवस्थापन कोषमा सहयोग हस्तान्तरण गरेको छ ।

पोखरा गोर्खा कम्युनिटीका सदस्यहरु, द गोर्खाज बचत तथा ऋण सहकारी संस्था लि, गोर्खाली रेडियो १०६ मेगाहर्ज, गोर्खा एण्ड बराह ज्वेलेरी, ४÷१ गोर्खा राइफल, ब्रिगेड गल्फ सोसाइटी, बराह ज्वेलरी धरान, बराह ज्वेलरी काठमाडौं, बराह ज्वेलरी चितवन, नेपाल गल्फ संघ तथा कास्की गल्फ संघबाट संकलित राहत रकम मध्ये प्रदेश सरकारलाई १ लाख १ हजार १११ रुपैया र पोखरा महानगरपालिकालाई ५१ हजार १११ रुपैयालाई हस्तान्तरण गरेको हो।

गोर्खा कोभिड १९ राहत कोष संयोजक तथा गोर्खा कम्युनिटी पोखराका प्रमुख सल्लाहकार मेजर लक्ष्मीप्रसाद गुरुङ, द गोर्खाज बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष भुपालजंग कुवर, गोर्खा कम्युनिटी पोखराका सचिव क्या.चोकबहादुर गुरुङ, गोर्खाली रेडियो १०६ मेगाहर्जका स्टेशन मेनेजर खिमा गुरुङ, ४÷१ गोर्खा राइफलका प्रतिनिधि लगायतले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पुगी गण्डकी प्रदेस सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण र उपचार कोषमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेको हो ।

यसरी नै पोखरा महानगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषका लागि पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङलाई चेक हस्तान्तरण गरिएको हो।

यस्तै गरी गोर्खा कोभिड १९ राहत कोषका तर्फबाट मंगलवार पोखरा वडा नं.९ र १० का ९० जनालाई राहत खाद्यान्न प्याकेज, पोखरा १४ मझेरीपाटनस्थित हिमालय गल्फ कोर्षका ३६ जना कामदारहरुलाई राहत वितरण गर्ने कार्यक्रम रहेको संयोजक मेजर लक्ष्मीप्रसाद गुरुङले जानकारी दिनुभयो।

वडा नं. ९ का विपन्न तथा गरिब मजदुरहरुलाई न्युरोडस्थित गोर्खा एण्ड बराह ज्वेलरीमा, वडा नं.१० को बुद्धचोकस्थित द गोर्खाज बचत तथा ऋण सहकारी संस्था लि.को कार्यालयमा राहत वितरण गरिने भएको छ भने गल्फकोर्षका कामदारहरुलाई मझेरीपाटनस्थित हिमालय गल्फ कोर्षमा नै राहत वितरण गर्ने कार्यक्रम रहेको संयोजक मेजर गुरुङले जानकारी दिनुभयो।

राहत सहयोग तथा वितरणका लागि गोर्खा कोभिड १९ राहतकोषमा हालसम्म २ लाख ८५ हजार १०६ रुपैया संकलन भएको संयोजक गुरुङले बताउनुभयो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -