Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५२:५४ बिहान
- ADVERTISEMENT -

सुत्केरीलाई पौष्टिक आहार बाँड्दै पोखरा महानगर

प्रकाशित मिति: २०७७ वैशाख २२, सोमबार

777
Shares

चिप्लेढुङ्गा, २२ बैशाख २०७७ । कोभिड–१९ को जोखिम हुन नदिन जारी बन्दाबन्दी समयमा विशेष गरी सुत्केरीलाई पौष्टिक आहारको अभाव हुन नदिन पोखरा महागरपालिकाले हर्लिक्स, घिउ र नगद रु ५०० प्रदान सहित घरदैलो कार्यक्रम शुरुआत गरेको छ ।

बन्दाबन्दीको समयमा सुत्केरी भएर घरमै बसेका, माइती जान नपाएका एवं आफन्तको भेटघाटबाट समेत वञ्चित ती महिलालाई खोजी गर्दै महानगरले अभिभावकीय भूमिका निभाएको हो ।

चैत ११ गतेपछि सुत्केरी भएका महानगरभित्रका महिलालाई भेट्ने र कोसेलीका रुपमा ती प्याकेज लिएर महानगरका कर्मचारी एवं जनप्रतिनिधि सुत्केरीको घरदैलोमा पुगेका हुन् । महानगरले पहिलो दिन आइतबार १८ जनालाई पौष्टिक आहार उपलब्ध गराएको छ । महानगरको हटलाइन नम्बर शनिबारसम्म २६ जनाले नाम टिपाइएको थियो ।

महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले ती महिलालाई आवश्यक पर्ने पौष्टिक आहारको अभाव भएको गुनासो आएपछि महानगरले रु एक हजार ५०० बराबरको प्याकेजसहित नगद रु ५०० दिने निर्णय गरी सुत्केरी भेटघाट कार्यक्रम गरेको जानकारी दिए । “सुुत्केरी भएको समयमा महिलालाई पौष्टिक आहारको आवश्यक पर्छ तत्कालका लागि हामीले हर्लिक्स, घिउ, तेल उपलब्ध गराएका हौँ, यसबाहेक केही आवश्यक सामग्री किन्न नगद रु ५०० उपलब्ध गराएका छौँ।” उनले भने ।

उनले चैत ११ गतेपछि सुत्केरी भएका ४५ दिनसम्मका महिलालाई महानगरले पौष्टिक आहार उपलब्ध गराएको बताए । उनले भने,“सुत्केरी प्याकेजमा नाम टिपाउने सबैलाई उपलब्ध गराउने निर्णय भएको छ, यसलाई राहतका रुपमाभन्दा पनि सुत्केरी अवस्थालाई मध्यनजर गरेर वितरण गरेका हौँ ।”

नाम टिपाएका सबैलाई घर घरमै सुत्केरीका लागि पौष्टिक आहार पुर्याउने उपप्रमुख गुरुङले बताए । वडाका जनप्रतिनिधिको समन्वयमा महानगरका कर्मचारीसहित सुत्केरी महिलाको घरमै सामान पुर्याउन व्यवस्था गरिएको छ । आइतबार पोखरा महानगरपालिका वडा नं ९, १० र १५ मा वडाध्यक्ष, वडा सदस्य र महानगरका कर्मचारी पौष्टिक आहारसहित भेट्न पुगेका थिए ।

बन्दाबन्दी कारण दैनिक ज्याला मजदुरी गरेर दैनिक गुजारा चलाउने तथा विपन्न ३१ हजार बढीलाई महानगरले राहत वितरण गरिसकेको महानगरले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -