काठमाडौं, २२ बैशाख २०७७ । जनता समाजवादीका सांसद डा सुरेन्द्र यादबले आफुलाई अपहरण गरेको भन्दै जाहेरी दर्ता गराएका छन् । डा. यादवले सोमबार स्वयम उपस्थित भएर जिल्ला सरकारी वकिल कार्यालयमा जाहेरी दर्ता गराएका हुन् ।
उनले सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गराएका हुन् । अपहरणको जाहेरी दिन डा. सुरेन्द्र यादव र जनता समाजवादीका नेताहरु सोमबार वकिल कार्यालय पुगेका थिए।
यसअघि डा. यादवले सरकारी वकिल कार्यालय र महानगरीय प्रहरी परिसर टेकुमा जाहेरी दर्ता गर्न खोजेका थिए। तर, उनको जाहेरी दर्ता हुन सकेको थिएन।
वकिलको कार्यालयले मुद्दा दर्ता गर्न समय मागेको थियो।
अब जाहेरी प्रहरीमा पुग्नेछ । त्यसपछि प्रहरीले अनुुसन्धान अघि बढाउने छ ।
महोत्तरीस्थित घरमै रहेका यादवलाई नेकपा सांसद बस्नेत, श्रेष्ठ र पूर्वआइजिपी खनालले वैशाख १० मा काठमाडौं ल्याएका थिए। यो घटनालाई जनता समाजवादी पार्टीले अपहरण नै भएको दाबी गर्दे आईरहेका छन भने बस्नेत, श्रेष्ठ र खनालले राजिखुशीमा सँगे काठमाण्डौ आएको बताउदै आएका छन् ।








































