Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:०१:२७ दिउँसो
- ADVERTISEMENT -

अबेरसम्म ल्याबमा बस्नु सामान्य :डा रुना झा

प्रकाशित मिति: २०७७ वैशाख २०, शनिबार

573
Shares

काठमाडौं, २० बैशाख २०७७ । राष्ट्र संघले कोभिड–१९ को महामारीका बीच अग्रपंक्तिमा खटिने पाँचजना महिलालाई सूचीकृत गरेको छ । यसै क्रममा संयुक्त राष्ट्र संघले सूचीकृत गरेको महिलाको सूचीमा पर्नुहुने व्यक्तित्व हुनुहुन्छ, डा रुना झा । जनस्वास्थ्य प्रयोगशाला, टेकुका प्रमुख प्याथोलोजिस्ट समेत रहनुभएका उहाँ उक्त प्रयोगशालाका निर्देशक समेत हुनुहुन्छ ।

जनस्वास्थ्य प्रयोगशाला, टेकु नेपालमा सरकारी स्तरको एक मात्र आधिकारिक प्रयोगशाला हो । डा रुना झा सम्मिलित टोलीले दैनिकरुपमा ७० वटा कोभिड–१९ संक्रमणको परीक्षण गर्दै आएको छ । देशका विभिन्न भागबाट जुनसुकै बेला आउने नमूना परीक्षणका लागि रात विहान जुनसुकै समय उहाँ परीक्षण र परिचालनमा संलग्न हुनुहुन्छ ।

“अबेरसम्म ल्याबमा बस्नु सामान्य भएको छ ।” उहाँ थप्नुहुन्छ – प्राविधिक कार्य अतिरिक्त मैले मेरो टोलीका सदस्यहरुको परिचालन, खाना र यातायातको व्यवस्था समेत हेर्नुपरेको छ । आफ्नो टोलीको निगरानी र हेरचाह गर्नु डा। रुणा झाका लागि प्राथमिक विषय हो । यो जम्मै फेब्रुअरी महिनाको बीचबाट सुरु भएको हो । चीनको वुहानबाट १७५ जना नेपाली विद्यार्थीलाई स्वदेश फर्काइदा आवासीय सुविधासहितको क्वारेन्टाइनमा प्रवेश गर्ने उहाँको टोली पहिलो हो ।

“मेरो टोलीले नमूना संकलन गर्न कुनै हिच्किचाहट देखाएन, सबैजना तयार अवस्थामा थिए ।”– उहाँले समूहगत् कार्यबारे प्रष्ट्याउनुहुन्छ । रातभरि काम गरेर १७५ जनाको नमूना संकलन गरेको उहाँ बताउनुहुन्छ ।

महामारी सुरु भएको महिनौ बितेको छ । डा। झासहितको टोलीले आफ्नो अधिकत्तम योगदानलाई निरन्तरता दिनुभएको छ । कार्यरत स्वास्थ्य अधिकारीको नैतिकता र आत्मबललाई उच्च राख्नु महत्वपूर्ण भएको उहाँ बताउनुहुन्छ । “हाम्रो लागि यो अत्यन्तै कठीन समय हो, मैले सबैलाई उच्च आत्मबल बनाउन प्रयासरत हुन्छु । मैले भनेको हुन्छ, तपाईहरुको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो ।”

कामको माग डा झाका लागि समेत चुनौतीपूर्ण छ । संक्रमण फैल्न सक्ने जोखिमले उहाँ आफ्नो छोरी र श्रीमानसँग छुट्टिएर एक्लै बस्नुभएको छ । सातामा तीनपटक हेरचाह गर्न जाने आफ्नो बुवाआमालाई समेत हाल उहाँ भेटन सक्नुहुन्न ।

“मैले मेरो छोरीलाई अँगाल्न र बुवाआमा हेरचाह गर्ने इच्छा छ तर उहाँहरुसँगै सर्वसाधारणलाई सुरक्षित राख्न त्याग गुर्न आवश्यक छ ।”– आफ्नो बाध्यताबारे उहाँ तर्क गर्नुहुन्छ ।

कोभिड–१९ को संकटका बीच महिला र केटीहरुको जनजिवनमा विश्वभरि नै बदलाब हुँदैछ । कतिपयको काम र आफ्नो व्यक्तिगत् जीवन भने ठप्प छ, अधिकांशमा तनाब र नयाँ चुनौति थपिएका छन् । यद्दपी कोभिड–१९ विरुद्ध लड्न विश्वका दशौं लाख महिला सामुने आएर अनिवार्य शक्तिको रुपमा परिचालित छन् ।

विश्वब्यापी रुपमा स्वास्थ्य र सामाजिक सेवा क्षेत्रमा महिला श्रमिकको संख्या अत्याधिक छन् । कृषि क्षेत्रमा प्रत्येक तीन जना महिलामा एकजना कार्यरत छन् । घरेलु काममा भने श्रम वापत् कुनै भुक्तानी नै नलिई पुरुषको भन्दा तीन गुणाबढी काम गर्छन् । खेतीपातीदेखि पहिलो प्रतिक्रिया जनाउने सेवा क्षेत्रसम्म र कोभिड–१९ रुपी महामारीको बेला महिलाले आफ्नो समुदायलाई सुरक्षित र सहज बनाउन भारी संख्यामा परिचालित छन् । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -