- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेकपा सचिवालय बैठक आज बस्दै, पाउलान् बामदेवले प्रधानमन्त्री पद ?

May 2, 2020
605
Shares
- ADVERTISEMENT -

काठमाडौं, २० बैशाख २०७७ । पार्टीभित्रको आन्तरिक विवादबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ ।

पार्टीभित्र विवाद बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेब गौतमलाई प्रधानमन्त्री बनाउने र नेता माधब कुमार नेपाललाइ तेस्रो वरियताको अध्यक्ष बनाउने प्रस्ताव गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको यो प्रस्तावलाई लिएर पार्टी भित्रको विवाद बढ्दै गएको छ ।

- ADVERTISEMENT -

Advertisement

आज बस्ने सचिवालय बैठकमा यो विषयमा निर्णायक छलफल हुने ठानिएको छ । एमसीसी परियोजनाको विषयमा सचिवालयमा छलफल हुने नेताहरूले बताएका छन् ।

सचिवालय बैठकमा समान धारणा बनाउन ओली, प्रचण्ड र नेता नेपाल पक्षका नेताहरूबीच औपचारिक तथा अनौपचारिक बैठक हुँदै आएका छन् । प्रधानमन्त्रीको प्रस्तावपछि उपाध्यक्ष गौतमले कानुनी रुपमा परामर्श थाल्नुभएको खबर पनि सार्वजनिक भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

नेता नेपालले भने तेस्रो बरियताको अध्यक्ष बन्न अस्वीकार गर्नुभएको छ । गत बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफूले सरकार छोड्नुपरेमा नेता गौतमलाई प्रधानमन्त्री बनाउने गरी प्रक्रिया अघि बढाउनुपर्ने प्रस्ताव गर्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com