- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सभापति शेरबहादुर देउवाद्वारा रानुदेवी अधिकारीको निधन प्रति दुःख व्यक्त

May 1, 2020
845
Shares
- ADVERTISEMENT -

काठमाडौं, १९ बैशाख २०७७ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी ८३ वर्षीया रानुदेवी अधिकारीको निधनप्रति दुःख व्यक्त गरेको छन् । मधुमेह र उच्च रक्तचापबाट पीडित अधिकारीको बिहीबार बेलुका मेडिकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत स्व अधिकारीले निरङ्कुशताविरुद्ध भएको प्रजातान्त्रिक आन्दोलनको कठिन समयमा प्रजातन्त्र रेडियोमा गीत गाएर देखाएको साहस सबैका लागि प्रेरणादायी रहेको बताए । सभापति देउवाले उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरे ।

- ADVERTISEMENT -

Advertisement

वि सं २००७ अघि क्रान्तिका बेला तारिणीप्रसाद कोइरालाको नेतृत्वमा विराटनगरको जुट मिलमा स्थापना गरिएको प्रजातन्त्र रेडियोमा स्व अधिकारीले गीत गाएका थिइन् ।

उनी रेडियो नेपालकी प्रथम गायिका समेत हुन् । स्व अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

यसैगरी काँग्रेसले काठमाडौँ महानगरपालिका– ३१ का पूर्ववडाध्यक्ष गणेशबहादुर खड्गीको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

स्व खड्गी प्रतिबन्धितकालदेखि काँग्रेसमा अनवरत लागेर २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा काँग्रेसका तर्फबाट वडा नं ३१ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

खड्गीको बिहीबार काठमाडौँमा निधन भएको हो । उनले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी सङ्गठन विस्तारमा सक्रिय भूमिका निर्वाह गरेकोकाँग्रेसले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com