- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

यस वर्ष नबन्ने भयो ‘छक्का पञ्जा ४’

May 1, 2020
800
Shares
- ADVERTISEMENT -

काठमाडौं, १९ बैशाख २०७७ । चलचित्र ‘छक्का पञ्जा ४’ निर्माण नहुने भएको छ । निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्र नबन्ने जानकारी दिएका हुन् ।

कोरोना भाइरसको कारण विश्वको बजार नै कमजोर बनेकाले अहिले तत्काललाई ‘छक्का पञ्जा ४’ निर्माणको काम स्थगित गरिएको दीपकराजको भनाई छ । उनका अनुसार अर्को वर्ष यस चलचित्र निर्माण हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

दीपकराज र उनको टिम अहिले अर्को चलचित्रको तयारीमा छन् । बाहिरी व्यानरको चलचित्रमा केही प्रतिशत लिएर काम गर्ने सर्तमा उनीहरु अर्को टिमसँगको सहकार्यमा तम्सिएका छन् ।

दीपकराज गिरी चलचित्र विभिन्न कथाहरु सुनिरहेका छन् । चित्त बुझ्दो कथा भेटे काम सुरु गर्ने दीपकराजको भनाई छ । यस बर्षको अन्त्यमा रिलिज गर्ने गरी दीपक र टिमले चलचित्र तयार गर्नेछन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com