- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

बम बिस्फोट घटनाका दोषीलाई कारबाही गर्न काँग्रेसको माग

May 1, 2020
601
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १९ बैशाख २०७७ । नेपाली काँग्रेसले रोल्पामा भएको बम बिस्फोटको घटनाको गम्भीर अनुसन्धानको माग गरेको छ ।

बिहीबार रोल्पाको त्रिवेणी गाउँपालिकामा चार जना बालबालिकाको ज्यान जाने गरी भएको बम बिस्फोट घटनाका दोषीलाई कारबाही गर्न पनि काँग्रेसले माग गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

शुक्रबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी चार अवोध बालबालिकाको मृत्यु भएको यो घटनाबाट काँग्रेससँगै सिंगो देश मर्माहत भएको बताए । उनले भने, ‘एक मात्रै पनि निर्दोष नागरिकको मृत्यु सामान्य कुरा होइन । त्यसमा पनि ४ नाबालकको बिस्फोटमा मृत्यु हृदयविदारक छ ।’

‘द्वन्द्वको दशकले छाडेका चोटहरु खाटा बस्न एकातर्फ अझै बाँकी छ तर अर्कातर्फ यस्तो घटना हुनु अत्यन्तै दुःखद र गम्भीर छ । यसले हिंसाबाट समाधान खोज्न चाहने सबै थरिलाई हृदयदेखि गम्भीर र आत्मआलोचित बनाउने अपेक्षा छ,’ विज्ञप्तिमा भनिएको छ।

- ADVERTISEMENT -

Advertisement

नागरिक जीवनलाई सुरक्षित गर्ने कर्तव्यमा गम्भीर बन्न काँग्रेसले सरकारको ध्यानाकषर्ण गरेको छ ।

शर्माले भने,’नेपाली काँग्रेस यो घटनाको गहिरो अनुसन्धान गर्न सरकार समक्ष माग गर्दछ । जहाँ कहिँ पनि होलान् यस्ता बेवारिसे अवस्थाका बमलाई खोज अनुसन्धान गरेर निष्क्रिय पारी नागरिक जीवनलाई सुरक्षित गर्ने कर्तव्यमा गम्भीर बन्न नेपाली काँग्रेस नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com