- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन

May 1, 2020
533
Shares
- ADVERTISEMENT -

काठमाडौं १९ बैशाख २०७७ रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन भएको छ । काठमाडौं सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा ८४ वर्षको उमेरमा गएराति उनको निधन भएको हो ।

उनका एक छोरा र दुई छोरी छन् । एक छोरा र एक छोरी अमेरिकामा र एक छोरी नेपालमा नै रहेको पारिवारिक स्रोतले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

उनको राति नै अन्त्यष्टि गरिएको छ । सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन।

२०६३ सालमा उनका बारेमा ५६ वर्षपछि........ नामक सांगीतिक वृत्तचित्र निर्माण गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

नेपाली राजनितीकी आदर्श ब्यक्ती तथा कांग्रेस नेतृ नोना कोइरालाको बहिनी समेत रहेकी रानुदेवीले निरंकुशता बिरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com