Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:११:२९ दिउँसो
- ADVERTISEMENT -

नेता रामचन्द्र पौडेललाई जापान सरकारको उच्च सम्मान

प्रकाशित मिति: २०७७ वैशाख १८, बिहीबार

1179
Shares

काठमाडौँ १८ बैशाख २०७७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारको उच्च सम्मान गर्ने भएको छ । नेपाल जापान सम्बन्धलाई थप उचाईमा पुराउनको लागी महत्वपूर्ण भूमिका निभाउनु भएकोमा नेपाल जापान पार्लियामेण्ट लिगको पूर्व चियरमेन तथा नेपाल सरकारका पुर्व सभामुख ,उपप्रधानमन्त्री नेपाली कांग्रेसका बरिष्ट नेता नेता रामचन्द्र पौडेललाई जापान सरकारले ग्राण्ड कोर्डन अफ द अर्डर द राइजिङ सन ले सम्मान गर्ने भएको छ ।

नेपाल जापान सम्बन्ध ,जापानी संस्कृतिको प्रवर्द्धन, नेपालमा बिकास तथा कल्याणकारी क्षेत्रमा बिशिष्ट योगदान र बातावरण संरक्षण तथा अन्तर्राष्ट्रिय सम्बन्धमा पनि विशिष्ट योगदान गरेकालाई यो अवार्डले सम्मान गरिने प्रावधान छ ।

जापान सरकारको उत्कृष्ट विभुषण (ग्राण्ड कोर्डन अफ द अर्डर द राइजिङ सन) पौडेललाई दिने निर्णय गरेको नेपालस्थित जापानी दूतावासले बुधबार निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

जापान-नेपाल सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गरेको भन्दै जापान सरकारले उक्त सम्मान पूर्वसभामुखसमेत रहेका ७६ वर्षीय कांग्रेस नेता पौडेललाई दिन लागेको हो ।

दूतावासले नेपाल र जापानबीचको सम्बन्ध मजबुत बनाउन र विस्तार गर्न योगदान गरेकाले यो सम्मान दिइएको जनाएको छ । पूर्वसभामुख पौडेल सन् १९९९ मा स्थापित नेपाल-जापान संसदीय मैत्री संघका संस्थापक हुन् । २०१७ सम्म पौडेल यसको अध्यक्ष थिए । यो सम्मान वर्षको दुईपटक प्रदान गरिने पनि दूतावासले जनाएको छ ।

पौडेलले जापान सरकारले आफूलाई सम्मान दिन लागेकोमा धन्यवाद व्यक्त गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -