- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कोरोना भाइरस संक्रमणबाट जोगिन सबै सचेत रहन आग्रह : महामन्त्री शशांक कोइराला

April 30, 2020
632
Shares
- ADVERTISEMENT -

काठमाडौँ १८ बैशाख २०७७ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कोरोनाभाइरस संक्रमणबाट जोगिन सचेत रहनुपर्ने बताएका छन् ।

बिहीबार भिडिओ सन्देश जारी गर्दै कोइरालाले कोरोनाबाट बच्न केही सतर्कताका बारेमा जानकारी गराएको उल्लेख गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

‘सचेत बनौं र स्वस्थ रहौं,’ कोइरालाले भनेका छन् ।

उनले कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रपंतिमा रहेर काम गरेका स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन्। कोइराला चिकित्सक पनि हुन् ।

- ADVERTISEMENT -

Advertisement

कोरोना श्वासप्रश्वासबाट सर्ने रोग भएकोले सामाजिक दूरी कायम गर्न उनले आग्रह गरेका छन् । बन्दाबन्दी खुलेपछि पनि बाहिर जाँदा सामाजिक दूरी कायम गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।

साबुन पानीले पटकपटक हात धुन, हातले नाक, मुख र आँखा नछुन पनि उनको आग्रह छ। विदेशबाट आएकाहरू क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताएका छन् ।

उनले मुश्लिम समुदायलाई रमजानको शुभकामना दिएका छन्। घरमै बसेर नमाज पढ्न पनि उनको आग्रह छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com