Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३७:५६ दिउँसो
- ADVERTISEMENT -

सीमामा रोकिएका दुई हजार नेपाली ३४ दिनपछि नेपाल फर्काउन सुरु

प्रकाशित मिति: २०७७ वैशाख १८, बिहीबार

959
Shares

दार्चुला, १८ बैशाख २०७७ । चौँतीस दिनदेखि भारतीय क्वारेन्टाइनमा बस्दै आएका एक हजार नेपाली खलंगा र दत्तु नाका भएर बिहिबार स्वदेश फर्किएका छन् । नेपालमा लकडाउन र सीमा नाका बन्द भएपछि भारतको पिथौरागढ जिल्लामा मजदुरी गरेर घर फर्किदै गरेका दार्चुला सहित १० जिल्लाका एक हजार ६१ नेपालीहरुलाई धारचुला र जौलजिबिको पाचँ वटा क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारेन्टाइनमा बस्नुपर्ने समय सकिए पनि उनिहरुलाई नेपाल ल्याउने विषयमा बुधबारसम्म सहमति जुट्न सकेको थिएन । बुधबार बेलुकी नेपाल–भारत दुबै देशको सहमति पश्चात पिथौरागढ जिल्ला अधिकारीसंग समन्वय गरेर उनिहरुलाइ आज बिहाँन नेपाल ल्याइएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवँरले जानकारी दिनुभयो ।

बैतडी र बझाङ जिल्लाका मानिसहरुलाई महाकाली नगरपालिका–९ दत्तु नाका र दार्चुला सहित बाँकी ८ जिल्लाका मानिसहरुलाई दार्चुला सदरमुकास्थित खलंगा नाका भएर स्वदेश ल्याइएको छ । उनिहरुलाई ज्वरो मापन लगायत प्रार्थमिक स्वास्थ्य परीक्षण गरेर सम्बन्धित स्थानीय तहको जिम्मा लगाउने तयारी गरिएको छ । सीमाबाट फर्किएका सबैलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखेर कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्रै घर पठाइने सहायक प्रमुख जिल्ला अधिकारी कुवँरले बताउनुभयो ।

सीमाबाट सामाजिक दुरी कायम गरेर नेपाल प्रबेश गर्न दिइएको छ । ढिलै भएपनि स्वदेश फर्किन पाउँदा खुसी लागेको जौलविबिको क्वारेन्टाइनमा बसेका मार्मा गाउँपालिका–६ का दिलेन्द्र महताले बताउनुभयो । यसअघि धारचुलाका क्वारेन्टाइनमा खान, बस्न र स्वास्थ्य उपचारको राम्रो व्यवस्था नभएको भन्दै साढे दुई सय नेपाली महाकाली नदीमा ट्युब तथा तुईन तरेर, पौडी खेलेर, जघाँर तरेर अबैध रुपमा दार्चुला भित्रिसकेका छन् ।

महाकाली तरेर आएका अधिकासं मानिसलाई दार्चुला सदरमुकाम खलंगास्थित क्वारेन्टाइनमा राखिएको छ ।


यसैबिच बैतडीको सीमानाका झुलाघाटमा रोकिएका झण्डै साढे आठ सय नेपालीलाई समेत आज स्वदेश ल्याइदैछ । एक महिनाअघि भारतको धारचुलाबाट झण्डै तीन सय नेपालीलाई स्वदेश फर्काइएको थियो ।
स्रोत : गोरखापत्र अनलाइन

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -