- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेकपा अध्यक्ष प्रचण्डलाई गाली गर्ने पाठक पक्राउ

April 30, 2020
759
Shares
- ADVERTISEMENT -

काठमाडौं १८ बैशाख २०७७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गाली गरेको अभियोगमा पत्रकार पक्राउ परेका छन ।

रेडियो नेपाल सञ्चालक समितिका सदस्यसमेत रहेका पत्रकार दीपक पाठकलाई प्रहरीलेआज पक्राउ गरेको हो । प्रहरीको साइबर ब्युरोले विद्युतीय अपराध गरेको आरोपमा झापा घर भएका पाठकलाई आज पक्राउ गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

केही समय पहिला पाठकले फेसबुकमा अध्यक्ष दाहालमाथि बिभिन्न आरोप लगाउँदै आफ्नो भनाई राखेका थिए ।

पाठकको अभिब्यक्ति आपत्तिजनक रहेको भन्दै अध्यक्ष प्रचण्डको सचिवालयले प्रेस काउन्सिलमा उजुरी गरेपछि काउन्सिलकै पत्रका आधारमा साइबर ब्युरोले पत्रकार पाठकलाई पक्राउ गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले पाठकलाई पक्राउ गरिएको पुष्टि गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com