काठमाडौं, १८ बैशाख २०७७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्कर्षमा पुगेको विवादले नयाँ मोड लिएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफूलाई पद त्याग्न दबाब दिइरहेका नेताहरु समक्ष तेस्रो विकल्पका लागि नयाँ प्रस्ताव पेश गरेका छन् ।
बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमाओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुभएको एक नेताले जानकारी दिएका छन् ।
बैठकमा आफ्नो राजीनामाको कुरा उठेपछि उहाँले कोरोना सङ्क्रमण सकिएपछि आफूले राजीनामा दिने र उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुभएको हो ।
पार्टी सचिवालयको बुधबार बसेको बैठकमा चौथो वरियताका नेता नेपाललाई अध्यक्ष बनाउन तयार रहेको ओलीले बताएका हुन् ।
त्यसका लागि कोरोनाको वर्तमान संकट सकिनुपर्ने लगायतका शर्तहरु पनि ओलीले अगाडि सारेका छन् ।
गौतमलाई प्रधानमन्त्री बनाउनका लागि संविधानसम्म पनि संशोधन गर्न आफू तयार भएको उनले बताएका थिए । त्यसका लागि गौतमलाई राष्ट्रिय सभामा लैजाने र राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधन गर्न आफू तयार भएको बताएको स्रोतको दावी छ ।
त्यस गर्न नसकिए कुनै क्षेत्र खाली गराएर त्यहाँ निर्वाचन लडाएर भए पनि गौतमलाई प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव ओलीले राखेको बताइएको छ । ओलीको यो प्रस्तावपछि सचिवालयको अर्को बैठक २० गते बस्ने तय भएको छ ।








































