Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३४:२५ दिउँसो
- ADVERTISEMENT -

२० टन स्वास्थ्य सामग्री लिएर आए कतार र इत्तिहादका जहाज

प्रकाशित मिति: २०७७ वैशाख १८, बिहीबार

622
Shares

काठमाडौँ, १८ बैशाख २०७७ । २० टन स्वास्थ्य सामग्री लिएर कतार र इत्तिहादका जहाज नेपाल फर्किएका छन् । कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी स्वास्थ्य सामग्री बोकेर काठमाडौँ आएका कतार एयरवेज र इत्तिहाद एयरका जहाज फर्किएका छन् । दुवै कम्पनीका वाइडबडी जहाजले अत्यावश्यक स्वास्थ्य सामग्री लिएर आजै काठमाडौँ आएका थिए ।

कतारी शेख अमीर तमीम बिन हमाद अल–थानीले नेपाललाई सहयोग स्वरुप प्रदान गरेको ८ टन स्वास्थ्य सामग्री बोकेर कतार एयरवेजको जहाज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

त्यस्तै इत्तिहादको जहाज पनि साँझ ५ बजे काठमाडौँ विमानस्थलमा अवतरण गरेको थियो । संयुक्त अरब इमिरेट्स (युएई)ले पनि नेपाललाई करिब १२ टन स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले स्वास्थ्य सामग्री लिएर आएका दुवै जहाज गन्तव्यतर्फ फर्किएको जानकारी दिए । उनका अनुसार ती स्वास्थ्य सामग्री दुवै देशका नेपालस्थित राजदूतले विमानस्थलमा स्वस्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतलाई हस्तान्तरण गरेका थिए ।

कतारबाट ल्याइएको स्वास्थ्य सामग्री नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले विमानस्थलमा हस्तान्तरण गरेका थिए । मेडिकल सामानमा पिपिई सात हजार, पिसिआर टेस्ट कीट, एन ९५ मास्क, भिटिएम, सिआरआरटी मेशिन, सर्जिकल ग्लब्स, अक्सिजन प्लान्ट, प्रयोगशालायुक्त मोबाइल एम्बुलेन्सलगायतका १४ प्रकारका सामान रहेका छन् ।

त्यस्तै युएईबाट पनि सोही प्रकृतिको स्वास्थ्य सामग्री ल्याइएको बताइएको छ । नेपालका लागि युएईका राजदूत सेइद हम्दन मोहम्मद अल नक्बीले स्वास्थ्य सामग्री स्वास्थ्य राज्यमन्त्री रावतलाई विमानस्थलमै बुझाएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -