Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५६:२२ दिउँसो
- ADVERTISEMENT -

पहिलाे पटक डराए ओली, कुर्सी हल्लिएपछि आफू निकटसंग बार्ता

प्रकाशित मिति: २०७७ वैशाख १६, मंगलबार

778
Shares

काठमाडौं, १६ बैशाख २०७७ । झण्डै दुईतिहाइको बहुमतको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफू निकटका सांसदहरूको भेला गरेका छन् ।

अध्यादेश प्रकरणसँगै ओलीको प्रधानमन्त्री पद संकटमा परेपछि उनले आफू निकटका नेकपाका सांसदहरूको भेला सोमबार साँझ बालुवाटारमा गरेका हुन् । सांसदहरूको भेलामा ओलीले आफूलाई घेराबन्दी गरेको भन्दै प्रतिवाद गर्न निर्देशन दिएका छन् ।

नेकपाका नेता भीम रावलले सोमबार साँझ ओलीले आफू निकटका सांसदहरूको गुटगत भेला गरेको आरोप लगाएका छन् ।

‘ओलीजीले गुटगत भेला गर्दै हिँड्ने । उहाँले पार्टी विभाजनको अध्यादेश ल्याउनुभयो । सांसदहरूको भेला बोलाएर प्रतिवाद गर भनेर निर्देशन दिनुभएको छ’, रावलले भनेका छन् ।

‘प्रधानमन्त्री भएर यस्तो गुटगत भेला गर्ने हो ? कदापि होइन । गुटगत भेला गर्नु हुँदैन थियो’, उनले भने, ‘कोरोना भाइरसको संक्रमणविरुद्ध लड्ने बेला प्रधानमन्त्री बालुवाटारमा पार्टीगत गुटबन्दी गर्दै हिँड्नुभएको छ ।’

‘हामीले ओलीले जस्तो भेला गरेका छैनौँ । हामीले समस्या समाधान गर्न बैठक मात्रै गरेका हौँ’, नेता रावलले भने, ‘ओलीले विभाजनकारी गतिविधि गर्नुभएको छ ।’

सोमबार साँझ बालुवाटारको बैठकलाई उदृत गर्दै रावलले भने, ‘आफू निकटका सांसदहरूको भेलामा ओलीजीले पार्टी विभाजन हुने भयो तपाईहरूले प्रतिवाद्ध गर्नुस् भन्नुभएको छ ।

आफूले पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याएर बीउ रोप्ने अनि प्रतिवद्ध गर्नुस् भन्ने ? यस्ता गतिविधि प्रधानमन्त्रीले गर्न पाउनु हुन्न ।’

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट ओलीको विकल्प खोज्ने प्रयास भइरहेका वेला प्रधानमन्त्री ओलीले आफूनिकटका सांसदहरूसँग छलफल गरेका हुन् ।

ओलीको भेलामा करीव तीन दर्जन सांसदहरू सहभागी भएका थिए । ओलीले आफूमाथि पार्टीकै शीर्ष नेताहरूले घेराबन्दी गरेको गुनासो गरेका छन् ।

नेकपाका सांसद विजय सुब्बाले प्रधानमन्त्री ओलीले विकसित राजनीतिक घटनाक्रमबारे सांसदहरूलाई जानकारी गराएको बताए ।

ओलीले सरकारमाथि पार्टीभित्रैका शीर्ष नेताहरूको अगुवाइमा घेराबन्दी भइरहेको गुनासो सांसदहरूसँग गरेका थिए ।

देशमा सरकारै परिवर्तन गरेर राजनीतिक अस्थिरता निम्त्याउने कोसिस भइरहेको ओलीको भनाइ छ । ओलीले आफू निकटका सांसदहरूलाई सचेत गराउँदै आ–आफ्नो ठाउँबाट प्रतिवाद गर्न निर्देशन दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -