Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२३:३८ दिउँसो
- ADVERTISEMENT -

कोरोना परीक्षणलाई तीव्रता दिन माग

प्रकाशित मिति: २०७७ वैशाख १६, मंगलबार

632
Shares

काठमाडौं, १६ बैशाख २०७७ संघीय संसद्मा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुको बैठकले कोरोना भाइरसको परीक्षणलाई तीव्रता दिन सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको बैठकपछि जारी तीन बुँदै संयुक्त वक्तव्यमा भनिएको छ, “कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन आवश्यक टेस्टिङमा भएको असाधारण ढिलासुस्ती समाप्त गरी तीव्रता दिन यो बैठक माग गर्दछ ।”

कोरोना भाइरसको सङ्क्रमणको सन्दर्भमा गरिएको लक डाउनको अवधिमा जनताका न्यूनतम आवश्यकता पूर्ति गर्ने तथा नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न आवश्यक राहत र कुनै ठोस कार्ययोजना सरकारले दिन नसकेको वक्तव्यमा उल्लेख छ । विपक्षी दलले यस अवस्थामा तत्काल राहत र कार्यक्रमको ठोस योजना प्रस्तुत गर्न सरकारसँग माग पनि गरेका छन् ।

संयुक्त वक्तव्यमा भनिएको छ, “लोकतान्त्रिक मूल्य र मान्यतालाई कुल्चिँदै सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको स्पष्ट छ, हामी यो प्रवृत्तिको घोर भत्र्सना गर्दछौं र यस किसिमको स्वेच्छारी र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति ऐकताबद्ध भई सङ्घर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।”

संयुक्त वक्तव्यमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका तर्फबाट उपेन्द्र यादव, शरतसिंह भण्डारी र राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गर्नुभएको छ ।

बैठकमा कांग्रेसका नेताहरु रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विश्वप्रकाश शर्मा र राधेश्याम अधिकारी सहभागी हुनुहुन्थ्यो । जनता समाजवादी पार्टी नेपालका महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, शरदसिंह भण्डारी, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -