- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सरकार संसदीय शासन प्रणाली असफल पारि तानाशाही लाद्ने षडयन्त्रमा : कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी

April 27, 2020
1675
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १५ बैशाख २०७७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले सरकार संसदीय शासन प्रणाली असफल पारि तानाशाही लाद्ने षडयन्त्रमा लागेको अभिब्यक्ती दिनु भएको छ ।

सरकारलाई लोकतन्त्र बाँदरको हातमा नरिवल जस्तो भएको छ । सरकारको असहिष्णुता, असक्षमता र अकर्मन्यताले मुलुकलाई दुर्घटनातर्फ लगेको आभाष भएको छ ।

- ADVERTISEMENT -

Advertisement

नेपाली कांग्रेस्का केन्द्रीय सदस्य एव तरुण विभागका प्रमुख शंकर भण्डारीले आज एक बिज्ञप्ति जारी गर्दै गत वैशाख १० गते माननीयमाननीय डा सुरेन्द्र यादवलाई रातको समयमा महोत्तरीबाट अपहरण गरि काठमाडौंं ल्याएकोआरोप खेपिरहेका नेकपा सांसदद्धय महेश बस्नेत तथा कृष्णकुमार श्रेष्ठ र निवर्तमान प्रहरी प्रमुख सर्वेन्द्र खनालको विरुद्धमा महानगरिय प्रहरी परिसर काठमाडौंले किटानी जाहेरी लिन नमानेको घटनाले मेरो गम्भिर ध्यानआकर्षण भएको उल्लेख गर्नु भएको छ ।

अपहरण जस्तो गम्भिर घटनामा सार्वजनिक पदधारण गरेका व्यक्तिहरुको संलग्नता बाहिर आएपछि त्यसलाई राज्य आफंैले तत्काल छानविन गरि सत्य तथ्य बाहिर ल्याउनु पर्नेमा पीडित आफंै किटानी जाहेरी दिन जाँदा समेत प्रहरीले जाहेरी लिन अस्वीकार गर्नुले राज्यको अपराधिकरण हुनखोजेको त होईन भन्ने शंकालाई बल पुगेको , जारी विज्ञप्तीमा उल्लेख छ ।

- ADVERTISEMENT -

Advertisement

अपहरण जस्तो गम्भिर अपराधबाट नागरिकलाई बचाउन र अपराधीलाई दण्डित गर्न सदा सक्रिय रहनु पर्ने संरचनाहरु आजविन कर्तव्य च्यूत पारिएका छन् त्यसको जवाफखोजिनु पर्दछ । सांसदको अपहरण सांसद र उच्चपदस्थ सरकारी अधिकारीबाट हुनु कानूनी, राजनैतिक र नैतिक जुनसुकै दृष्टिबाट पनि दण्डनिय तथा निन्दनिय छ, बिज्ञप्तिमा भनिएको छ ।

साथै, अपहरण जस्तो जघन्य अपराधको अनुसन्धान अघि बढन नदिनु अर्कोतर्फ नागरिकको संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता खण्डित गर्ने गरी राज्य निर्मम दमनमा उत्रनुले राज्यको दोहोरो मापदण्ड र पक्षपातपूर्ण चरित्र उदाङ्गभएको छ । सरकार गर्नुपर्ने काम नगर्ने र नगर्नुपर्ने काम गर्ने तर्फ र्निलज्जताका साथ लागेको छ । यावत घटनाक्रम लोकतान्त्रिक शासन प्रणाली विरुद्ध हुनुले कतै सरकार संसदीय शासन प्रणाली असफल पारि तानाशाही लाद्ने षडयन्त्रमा लागेको त होइन भन्ने शंका बलियो बन्दै गएको छ । प्रतिगमन सभ्य समाज र सचेत नागरिकका लागि कदापि स्वीकार्य नहुने हँुदा त्यस्तो दुश्साहस नगर्न नेपाली कांग्रेस तरुण विभाग सरकारलाई सचेत गराउँने बिज्ञप्तिमा उल्लेख गरिको छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २११ को उपदफा (२) (क) बमोजिमप्रथम दृष्टिमा नै दोषि भागि ठहरीने अपहरणको जाहेरी तत्काल दर्ता गरि निष्पक्ष अनुसन्धानबाट सत्य तथ्यबाहिर ल्याउन जोडदार माग गर्दै सत्तामा रहने नैतिकता गुमाउदै गएको यो अराजक तथा निरंकुश सरकारले आफुलाई नसच्याएमा एक्काइसांै शताब्दीका सचेत र न्यायप्रेमी नेपाली जनताले कदापि सहने छैन, भनिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com