- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

डा बाबुराम भट्टराईसँग गरेको कुराकानीको विषयमा रेडियो नेपालले माफी माग्यो

April 27, 2020
906
Shares
- ADVERTISEMENT -

काठमाडाैँ, १५ बैशाख २०७७ । रेडियो नेपालमा डा नवराज लम्सालले कार्यक्रम अन्तरसम्वादमा पूर्वप्रधानमन्त्री समेत रहेका डा बाबुराम भट्टराईसँग गरेको कुराकानीको विषयमा रेडियो नेपालले माफी मागेको छ ।

केही पत्रकारहरूले नै रेडियो नेपालको प्रयोग गरेर डा भट्टराइले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यक्तिगत रूपमा गाली गलौज र अपशब्द प्रयोग गरेपछि आपत्ति जनाएका थिए ।

- ADVERTISEMENT -

Advertisement

सरकारी सञ्चारमाध्यमबाटै प्रधानमन्त्रीका विरूद्धमा अपशब्द प्रयोग भएको भन्दै आलोचना भएपछि रेडियो नेपाले माफी मागेको हो । रेडियोले विज्ञप्ति नै निकालेर लाइभ कार्यक्रममा प्रयोग भएको भाषाप्रति क्षमा मागेको छ ।

कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले विज्ञप्तीमार्फत आगामी दिनमा अतिथि चयन गर्दा ध्यान दिने बताएका छन ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com