- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

काँग्रेस नेता जीत शेरचनद्वारा स्वास्थ्य सामाग्री तथा खाधान्न वितरण

April 27, 2020
1138
Shares
- ADVERTISEMENT -

नेपाली काँग्रेसका नेता जित शेरचन सहितको टोलीद्धारा विभिन्न स्थानमा पुगेर गरिब, विपन्न परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गर्नु भएको छ । बिश्वभरी फैलिएको कोरोना भाइरस (केभिड-१९) आज महामारीको रुपमा फैलिदै गइरहेको छ । हाम्रो देश नेपाल पनि गत चैत देखि भाइरस (केभिड-१९) को कारण लकडाउनमा रहरको छ ।

सम्पुर्ण देश र जनता आर्थिक मारमा चेपिदै गइरहेको आजको जटिल परिस्थितिमा दैनिक ज्याला मजदुरी गरी खाने र बिपन्न परिवारलाई दैनिक हातमुख जोड्ने समस्या भएको छ । तिन तहका सरकारले राहत घोषण गरेता पनि समानुपातिक रूपमा आबस्यक जनतामा राहत नपुग्दा वा बितरण हुन नसक्दा समस्या दिनानुदिन बढ्दै गइरहेको छ । यसै कुरालाई मध्य नजर गर्दै नेपाली कांग्रेस्का नेता तथा गत उप निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रत्यासी बाग्लुङ क्षेत्र न :२ ख का जित बहादुर शेरचनले आफ्नो क्षेत्रमा राहत लिएर घर घर पुग्नु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

नेता जीत बहादुर शेरचन आफ्नो क्षेत्र बाग्लुङ २ ख का ढोरपाटन नगरपालिका, तमानखोला गाउपालिका, निसिखोला गाउपालिकामा बिना राजनीति पुर्बाग्रह राहत आबस्यक सम्पुर्ण ब्याक्ती परिवारलाई चामल, तेल, नुन ,साबुन लागाएत अति आबस्यक सामाग्री स्थानीय टोल टोल , घर घर मा गएर बितरण गर्नु भएको छ ।

त्यसैगरी, बाग्लुङ क्षेत्र न: २ क का सम्पुर्ण स्वास्थ केन्द्रहरुलाइ पि पि इ लगएत स्वास्थ सामाग्री प्रदान गर्नु भएको छ । उहाले हालसम्म चामल १२० क्विन्टल, तेल ६०० लिटर, नुन ६०० किलो, साबुन ६०० थान वितरण गरिसक्नु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

साथै, स्वास्थ सामाग्री मा पि पि इ ४० थान, माक्र्स ५०० थान, पन्जा ५०० थान, हेड सेट ५०० थान, सेनिटाइजर २५० थान, साबुन १०० थान गरी झन्डै दश लाख बराबरको सामाग्री बितरण गर्नु भएको छ । उहाँले आफु बाग्लुङबासीहरुको हरेक दुख सुखको साथी भएको र चुनावको हारजीतले कुनै प्रकारको फरक नपार्ने बताउदै माहामारीको बेलामा मानबताको महत्त्वपूर्ण भूमिका रहने बताउनु भयो । साथै हरेक सुख दुखमा आफु सधै यहाको आम जनता सङ्ग सगै रहेको सन्देश दिनु भएको छ ।

राहत बितरणमा प्रभु ग्रुप, सुमेग ट्राभल ,आर डि ओभरसिज, एलिस रेस्टुरेन्टले साथ दिनु भएको छ भने पुर्ब माहधिबेशन प्रतिनिधि अर्जुन शेरचन , कांग्रेस बाग्लुङ २ ख सभापति नरजङ्ग घर्ती ,ऋषिराम कडेल , गण्डकी थापा अधिकारी लगाएत स्थानीय कांग्रेसजनहरुले बितरणमा साथ सहयोग गर्नु भएको बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com